सुप्रियाको अध्यक्षतामा नेतृत्व मञ्च

पोखरा ।
सक्षम नेतृत्वकर्ता जन्माउने लक्ष्यका साथ स्थापित युवा केन्द्रित सामाजिक संस्था नेतृत्व मञ्च पोखराको प्रथम महाधिवेशन शनिबार भएको छ । महाधिवेशनले अध्यक्षमा सुप्रिया श्रेष्ठ, उपाध्यक्षमा धीरज परियार, सचिव (कार्यपालिका) मा प्रतीक्षा पौडेल र सचिव (व्यवस्थापिका) मा निर्देश सुवेदीलाई चुनेको छ ।
सदस्यमा विज्ञानराज सुवेदी, अनिशा अर्याल र सुनील काफ्ले छन् । व्यवस्थापिका मातहतका विषयगत समितिका संयोजकमा कार्यक्रममा कपिल कार्की, संगठनका सुमित विश्वकर्मा र सूचना तथा सञ्चारका सविन सुनारसमेत कार्यसमिति सदस्य छन् । व्यवस्थापिकातर्फ सभामुखमा प्रतिभा अधिकारी र उप–सभामुखमा सञ्जय यादव रहने गरी २५ विधायिका सदस्यसमेत चयन गरिएको छ ।
संस्थापन समन्वय समितिका संयोजक आरोग्यमोहन काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा उपसंयोजक मन्दीप सुवेदीले संस्थाको प्रगति र आगामी अवधारणागत रुपरेखाबारे प्रस्तुतीकरण दिएका थिए । मञ्चका संगठन विभाग प्रमुख सन्देश विकले संस्थाको संस्थाको पृथकता र सदस्यको भूमिकाबारे चर्चा गरेका थिए । कार्यक्रममा प्रतीक्षा पौडेल र नीलकण्ठ त्रिपाठीले समेत बोलेका थिए ।








पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया