ट्राफिकलाई पोखरा २५ को टंकी सहयाेग

हेमजा ।
पोखरा महानगरपालिका वडा न. २५ वडा कार्यालयले मंगलबार ट्राफिकलाई खानेपानी टंकी हस्तान्तरण गरेको छ । वडा अध्यक्ष मोती तिम्सिनाले मध्यपहाडी लोकमार्गले सेवाको साथमा जोखिम बढेको बताए । उनले दिनकै ५/६ ओटा दुर्घटना हुने गरेकोमा गम्भीर बन्नुपर्ने औंल्याए ।
हेमजामा ६ स्थानमा २४ टंकी आवश्यक रहेकोमा अहिले २ स्थानका लागि ८ हिलटेक उपलब्ध गराएको वडाध्यक्ष तिम्सिनाले जानकारी दिए । वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक महेशकुमार आचार्यले दुर्घटना न्यूनीकरण गर्न आफैं सचेत हुनुपर्ने बताए । उनले दुर्घटना हुनुको कारण तीव्र गति र मापसे भएको उल्लेख गरे ।
अस्थायी ट्राफिक पोस्ट बगरका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर खड्काले दुर्घटना न्यूनीकरण गर्न हिलटेकले सहज हुने उल्लेख गरे । वडा अध्यक्ष मोती तिम्सिनाको अध्यक्ष्यतामा भएको कार्यक्रम सञ्चालन ईश्वरी बास्तोलाले गरेका थिए ।








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया