सक्नेरीमा शिव पुराण ज्ञान महायज्ञ हुने

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६ को सक्नेरीमा साउनको १४ देखि २२ गते सम्म धर्मको रक्षा गरौं संस्कृतिको जर्गेना गरौं भन्ने मुल नाराका साथ शिव पुराण ज्ञान महायज्ञ गरिने भएको छ । लोक साँस्कृतीक संरक्षण समिति र उज्जवल आमा समुहको संयुत्त आयोजना र विभिन्न सामाजिक संघ सस्थाहरुको सहकार्यमा हुन लागेको हो ।
ज्ञान महायज्ञलाई ब्यवस्थीत र प्रभावकारी बनाउनका लागि लोक सास्कृतीक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सिनाको संयोजकत्वमा एक हजार एक सदस्यीय मुल आयोजक कमिटी, एक सय एक जनाको सल्लाहकार समिति र २१ वटा बिभिन्न उप समिति गठन गरि तयारीलाई अगाडी वढाईएको प्रचार प्रसार उप समितिका संयोजक राजु बरालले जानकारी दिएका छन् ।
साउनको महिना भनेको शिवको महिना र यो वर्षको साउनमा मात्र पाँचवटा सोमवार परेकाले सुभ र राम्रो साईत जुरायर शिवको महिमालाई उजागर गर्नका लागि शिव पुराण ज्ञान महायज्ञ गर्न लागेको कार्यक्रमका संयोजक जगन्ननाथ तिमिल्सिनाको भनाई रहेको छ ।
बैद्धिक सनातन धर्म र सस्कृतीको रक्षार्थ समस्त पितृ उद्धार,राष्ट्र कल्याण,बहुउदेश्यीय सामाजिक भवनको समयानुकुल स्तरोन्नती ,जेष्ठ नागरिक दिवा सेवालाई थप ब्यवस्थीत रुपमा संचालन गर्नका लागि अक्षयकोष स्थापना एवंम लोक संस्कृती संरक्षण संग्रहालय निर्माण गर्ने उदेस्यले ज्ञान महायज्ञ गर्न लागिएको हो ।
महायज्ञ संचालनका लागि करिव आठ लाख ८० हजार खर्च लाग्ने र भत्तजनहरुबाट करिव एक करोड ५० लाख संकलन गर्न सकिने अनुमान आयोजकहरुले गरेका छन् । नौ दिनसम्म चल्ने शिवपुराण ज्ञान महायज्ञमा दिगदर्शन वाचन शिरोमणि दीपक सापकोट प्रमुख बाचक र युवा पण्डित रामप्रसाद सिग्देल उप वाचकको मुखाराविन्दुबाट दैनिक रुपमा भजन कृतन सहितको प्रवचन हुने बताईएको छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया