साहित्यकार खनालको निधन

पोखरा ।
पृथ्वीनारायण क्याम्पसको प्रध्यापनलाई मूल कार्यक्षेत्र बनाएर नेपाली प्रगतिशील सिर्जना र समालोचना समेतमा महत्वपूर्ण योगदान पुर्याएका कुलप्रसाद खनालको निधन भएको छ ।
पृथ्वीनारायण क्याम्पस पोखरामा नेपाली भाषा विभागको प्रमुख रही नेपाली भाषा र साहित्यमा लामो समयसम्म सेवा गरेका खनाल दम प्रोस्टेड र उच्च रक्तचापको बिरामी भएको छोरी सुमन खनाल पहारीले जानकारी दिइन् ।
विक्रम सम्बत २००१ सालमा तनहुँको चुँदी सिमपानी जन्मेका खनाल लामो समयदेखि पोखरा ५ राधाकृष्ण मार्गमा बस्दै आएका थिए । नेपाली भाषा र साहित्यका क्षेत्रका व्यक्तित्व खनालले नेपाली साहित्यमा स्तातकोत्तर र संस्कृतमा शास्त्री गरेका थिए । साहित्य र शिक्षाको क्षेत्रमा धेरै पुरस्कार पाएका खनाल गण्डकी साहित्य संगम पोखराका संस्थापक अध्यक्ष थिए । गोकुल साहित्य पुरस्कारको स्थापनामा उनको योगदान थियो ।








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया