स्याङ्जामा डुबेकी छोरी निकाल्न जाँदा बावुको समेत मृत्यु
समाधान संवाददाता
२०७९ साउन ६ गते ११:५१

स्याङ्जा ।
स्याङ्जाको गल्याङ नगरपालिका ७ स्थित सिँचाई पोखरीमा डुबेर २ जनाको ज्यान गएको छ । पेलाकोटको मानथुम्कमा निर्माण गरिएको प्लास्टिक पोखरीमा डुबेकी ४ वषीर्या सोफिया गुरुङलाई निकाल्न गएका ३३ वषीर्य बिन्द्र गुरुङको समेत ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
खेलिरहेकी सोफिया एक्कासि चिप्लिएर पोखरीमा खसेकी थिइन् । उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याइएका बिन्द्र र सोफियालाई चिकित्सकले मृत घोषणा गरेका हुन् । उक्त पोखरी सोही वडाका पूर्व वडाध्यक्ष रामवीर गुरुङले तरकारी खेती गर्न बनाएका हुन् ।
सम्बन्धित








सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया