बालश्रम केन्द्रकाे अध्यक्षमा जोशी

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनीकरण कार्यक्रमद्वारा सञ्चालित समुदायमा केन्द्रित श्रम तथा जोखिमका बालबालिकाको सम्पर्क वडा नम्बर ९ सहारा केन्द्रको व्यवस्थापन सहयोग समिति पुनर्गठन गरिएको छ । उत्तम जोशी अध्यक्ष रहेको नयाँ कार्यसमिति गठन भएको छ ।
उपाध्यक्ष दिलमाया गुरुङ, कोषाध्यक्ष दिनेश परियार, सचिव गंगा सुवेदी चुनिएका छन् । सुनीता केसी, विमला परियार, गंगाराज पौडेल, रुपा केसी, कमला केसी, आशा श्रेष्ठ, उजेली विक, शर्मिला बास्तोला, गोमा तामाङ, लेकमाया थापा, नीलिमा लामिछाने, सीता भण्डारी, वीरभद्र आचार्य सदस्य निर्वाचित भएका छन् । सर्वसम्मत रुपमा कार्यसमिति पुनर्गठन गरिएको हो ।
पोखरा उद्योग वाणिज्य संघका बालश्रम न्यूनीकरणकी संयोजक प्रीति पाण्डेले पोखरा महानगरपालिकालाई बालश्रम मुक्ति महानगर बनाउने आफ्नो लक्ष्य रहेको सुनाइन् । ‘बालबालिकाको हकहित रक्षा गर्ने, विसंगति र विकृति हटाउने उद्देश्यबाट बालबालिका सम्पर्क केन्द्र स्थापना गरिएको हो,’ उनले भनिन् ।
बालविवाह गरेका किशोरीहरुलाई जीवन उपयोगी आयआर्जन गर्न सक्ने सिपमूलक तालिम दिने गरिएको पनि उनले सुनाइन् । आफूलाई किडासा नेपालले पनि प्रत्यक्ष रुपमा बालबालिकाको क्षेत्रमा सहयोग गर्दै आएको उनले उल्लेख गरिन् । सम्पर्क केन्द्र सहारा पोखरा ९ पृथ्वीचोकका कार्यक्रम संयोजक उत्तम जोशीले वडा नम्बर ९ लाई बालश्रम मुक्त क्षेत्र बनाउने प्रतिबद्धता गरे । सबै व्यवसायीलाई १८ वर्षभन्दा तलका बालबालिकालाई कुनै पनि काममा नलगाउन सचेत गराई वडालाई बालश्रम मुक्त क्षेत्र बनाउने उनले जानकारी दिए ।
पोखरा उद्योग वाणज्यि संघ बालश्रम न्यूनीकरणका अध्यक्ष राजेन्द्रकुमार लालचनले महानगरपलिकाभित्रका अरु वडामा भन्दा ९ नम्बरमा सबैभन्दा बालश्रमिकहरु धेरै रहेको उल्लेख गरे । ‘१८ वर्षभन्दा कम उमेरका बच्चलाई बालबालिका भनिन्छ, बालश्रमलाई कम गर्न विभिन्न वडामा बाल सिकाइ केन्द्र स्थापना गरी उनीहरुको हक र अधिकार सुनिश्चित गरेका छौं,’ उनले भने । अब बन्ने नयाँ कार्यसमितिले यो क्षेत्रमा नयाँ कार्यको थालनी गर्ने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा केन्द्रको प्रतिवेदन विवरण बालश्रम न्यूनीकरण कार्यक्रमका ‘आउटट्रेन वर्कर’ प्रकृति गुरुङले पोखरा ९ सहारा केन्द्रको प्रतिवेदन विवरण प्रस्तुत गरिन् । कार्यक्रममा वडा सदस्य भावना श्रेष्ठ, कमल श्रेष्ठ लगायतले केन्द्रले गरेको उल्लेखनीय कामको प्रशंसा गरे । कार्यक्रमको अध्यक्षता केन्द्रका पूर्व अध्यक्ष मुना बास्तोलाले गरेकी थिइन् । कार्यक्रम सञ्चालन पोउवासंघका बालश्रम न्यूनीकरण सचिव गंगा सुवेदीले गरेकी थिइन् ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया