वृक्षरोपण र स्टेसनरी सामान वितरण
पोखरा ।
लायन्स क्लब अफ पोखरा फेवा फूलबारीले विपन्न परिवारका विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरेको छ । पोखराकै पर्यटकीयस्थल घार्मीमा आयोजित कार्यक्रममा त्यस क्षेत्रका विभिन्न विद्यालयका विपन्न वर्गका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
भूमेश्वर आधारभूत विद्यालय, महेन्द्र मावि र गायत्री विद्यालयका विद्यार्थीलाई लायन्स डिस्ट्रिक ३२५ जेका गभर्नर ध्रुव श्रेष्ठ, क्लबका अध्यक्ष गुरुप्रसाद पौडेल र कार्यक्रम संयोजक क्लबका सल्लाहकार गोविन्दराज अधिकारीले स्टेसनरी सामग्री हस्तान्तरण गरे । लायन्स पार्कमा त्यसअघि रोपिएका बिरुवा गोडमेल गर्नुका साथै एभोकाडो, जापानिज कटुस, आरू लगायत फलफूलका बिरूवा रोपिएको कार्यक्रम संयोजक अधिकारीले जानकारी दिए ।
कार्यक्रममा गभर्नर श्रेष्ठले शिक्षा र वातावरणका क्षेत्रमा लायन्स क्लबले महत्वपूर्ण भूमिका निर्वाह गरेको सुनाए । ‘समाजको समृद्धिका लागि हरेक व्यक्तिमा सामाजिक भावना जागृत हुनुपर्छ,’ उनले भने । कार्यक्रममा पूर्व अध्यक्ष सञ्जय बस्नेत, कुन्दनराज शर्मा, लायन राजु कार्की लगायतले क्लबले गरेका विभिन्न कार्यको चर्चा गरे । क्लबका अध्यक्ष गुरुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव राधिका भट्टराईले गरेकी थिइन् । क्लबले घार्मीको ओमकारेश्वर मन्दिर परिसरलाई लायन्स पार्कको रूपमा विकास गरी थप सौन्दर्य बढाउने भएको छ ।








पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया