जिफन्ट गण्डकी पुरस्कृत

पोखरा ।
संगठन तथा अभिलेख व्यवस्थापनमा राम्रो काम गरेवापत नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीले वर्ष उत्कृष्ट कमिटी पुरस्कार पाएको छ । जिफन्टको काठमाडौंमा भएको आठौं अधिवेशनमा कमिटीले पुरस्कार पाएको प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए । जिफन्ट राष्ट्रिय कमिटी अध्यक्ष विनोद श्रेष्ठले अध्यक्ष खत्रीलाई सो पुरस्कार प्रदान गरे ।
‘संगठनको अवस्था सुदृढ बनाउन तथा अभिलेखलाई दुरुस्त राखेकाले कमिटीलाई पुरस्कृत गरिएको हो,’ अध्यक्ष खत्रीले भने, ‘संगठनका सदस्य तथा अभिलेख व्यवस्थित बनाउने अभियानमा कमिटी अझ सक्रिय भएर लाग्नेछ ।’ अध्यक्ष खत्रीले गण्डकी प्रदेश कमिटीलाई उत्कृष्ट बनाउन भूमिका खेल्ने अग्रज तथा अनुज सबैप्रति आभार प्रकट गरे । कार्यक्रममा यस वर्षको माधव न्यौपाने कुशल संगठक अवार्ड ठाकुरकुमार श्रेष्ठ र नुरु वाङछु शेर्पा, साहसिक अवार्ड सन्तोषकुमार साह तेलीलाई प्रदान गरिएको जिफन्टले जनाएको छ ।








पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया