सराङकोटकाे विभूति पार्कमा वृक्षरोपण

पोखरा ।
धेरै संघ, संस्थाले वृक्षरोपण गर्छन तर बिरुवा हुर्के, नहुर्केको हेर्ने, गोडमेल गर्नतिर हम्मेसी कसैको ध्यान पुग्दैन । लायन्स क्लब अफ पोखरा डेस्टिनेसनले भने क्लबले रोपेका बिरुवा, गोडमेलसमेत गर्दै आएको छ ।
५ वर्षदेखि पोखरा १८ सराङकोटमा रहेको राष्ट्रिय विभूति तथा सहिद पार्कमा वृक्षरोपण गर्दै आएको क्लबले आफूले लगाएका विरुवाको हेरचाहसमेत गर्ने गरेको छ । क्लबले यस वर्ष करिब २ सय बिभिन्न प्रजातिका बिरुवा सारेको छ । अघिल्ला वर्ष लगाइएका विरुवा गोडमेलसहित नयाँ बिरुवा सारिएको हो ।
क्लबका अध्यक्ष राजेन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रम वडा न १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिना, लायन्स डिस्ट्रिक्ट ३२५ एमका वृक्षारोपण डिपार्टमेन्ट चिफ जयलाल तिमिल्सिना, लायन्स जिएलटी कोअर्डिनेटर लक्ष्मण तिमिल्सिना, लियो क्लब अफ पोखरा डेस्टिनेसन अध्यक्ष मञ्जु नेपाली, हाम्रो गन्तव्य बहुउद्देश्यीय सहकारीका अध्यक्ष सन्तोष शर्मा, पोखरा महानगरपालिका शिक्षा अधिकृत सोमनाथ भण्डारी लगायतले बोलेका थिए ।
क्लबले पूर्व अध्यक्ष रामप्रसाद तिमिल्सिनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष साउनमा कार्यक्रम गर्ने गरेको छ ।









पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया