अक्षयकोष बनाउँदै खेलकुद पत्रकार मञ्च
समाधान संवाददाता
२०७९ साउन १२ गते ११:३८

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले खेल पत्रकारलाई समस्या पर्दा सहयोग गर्ने हेतुले अक्षयकोष स्थापना गर्ने भएको छ । मञ्च अध्यक्ष दीननाथ बरालले आफ्नो जन्मदिनमा यसको सुरुवात गरेंको महासचिव राजाराम पौडेलले बताए ।
अध्यक्ष बरालले बुवा टेकनाथ बरालको नामबाट १० हजार रुपैयाँ मञ्चको अक्षयकोषलाई दिएका छन् । उनले आफ्नो कार्यकालमा अक्षयकोषमा १० लाख पुर्याउने घोषणा गरे । अक्षकोषको लागि प्रदान गरिएको चेक मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, सचिव शशिकुमार पौडेलले ग्रहण गरे ।
अक्षयकोषबाट प्राप्त ब्याजले खेल क्षेत्रमा कलम चलाइरहेका पत्रकारलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने लक्ष्य छ ।
सम्बन्धित








सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया