निवृत्त शिक्षक समुदाय अन्नपूर्णमा रामचन्द्र

पोखरा ।
निवृत्त शिक्षक समुदाय कास्कीले बुधबार अन्नपूर्ण गाउँपालिका अन्तर्गतका निवृत्त शिक्षकको भेला गरेको छ । माछापुच्छ्रे मावि नाउँडाडाका भूपू प्रधानाध्यापक रामचन्द्र सुवेदीको अध्यक्षतामा भएको भेलामा जिल्ला अध्यक्ष छविलाल आचार्यले जिल्ला एवम् केन्द्रमा हालसम्म भए गरेका गतिबिधिमाथि प्रकाश पारे ।
भेलाले सुवेदीकै अद्यक्षतामा २ जना सदस्यपछि थप्ने गरी ११ सदस्यीय कार्यसमिति चयन गरेको छ समितिका उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः कृष्णप्रसाद पौडेल, पुण्यप्रसाद पौडेल र शिवकुमार पौडेल छन् । पूर्णभद्र सुवेदी, अनन्तनाथ सुवेदी, विश्वबन्धु पौडेल, केदारनाथ शर्मा र नेत्र सुवेदी सदस्य चुनिएका छन् ।
कार्यक्रममा जिल्लाका उपाध्यक्ष, सचिव र कोषाध्यक्ष क्रमशः भुवनेश्वर शर्मा, शेषकान्त आचार्य र धर्म गिरीले संस्थाको भावी कार्यक्रमबारे प्रकाश पारेका थिए । सहभागीको तर्फबाट विद्यालयकी प्रधानाध्यापक वसन्ती देवकोटा, कृष्णप्रसाद पौडेल, रामचन्द्र सुवेदी, पुण्यप्रसाद पौडेल, शिवकुमार सुवेदी लगायतले बोले ।







पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
हचुवामा संरचना, करोड खर्चेपछि खारेज
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया