निवृत्त शिक्षक समुदाय अन्नपूर्णमा रामचन्द्र

समाधान संवाददाता २०७९ साउन १३ गते १४:३७

पोखरा ।
निवृत्त शिक्षक समुदाय कास्कीले बुधबार अन्नपूर्ण गाउँपालिका अन्तर्गतका निवृत्त शिक्षकको भेला गरेको छ । माछापुच्छ्रे मावि नाउँडाडाका भूपू प्रधानाध्यापक रामचन्द्र सुवेदीको अध्यक्षतामा भएको भेलामा जिल्ला अध्यक्ष छविलाल आचार्यले जिल्ला एवम् केन्द्रमा हालसम्म भए गरेका गतिबिधिमाथि प्रकाश पारे ।

भेलाले सुवेदीकै अद्यक्षतामा २ जना सदस्यपछि थप्ने गरी ११ सदस्यीय कार्यसमिति चयन गरेको छ समितिका उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः कृष्णप्रसाद पौडेल, पुण्यप्रसाद पौडेल र शिवकुमार पौडेल छन् । पूर्णभद्र सुवेदी, अनन्तनाथ सुवेदी, विश्वबन्धु पौडेल, केदारनाथ शर्मा र नेत्र सुवेदी सदस्य चुनिएका छन् ।

कार्यक्रममा जिल्लाका उपाध्यक्ष, सचिव र कोषाध्यक्ष क्रमशः भुवनेश्वर शर्मा, शेषकान्त आचार्य र धर्म गिरीले संस्थाको भावी कार्यक्रमबारे प्रकाश पारेका थिए । सहभागीको तर्फबाट विद्यालयकी प्रधानाध्यापक वसन्ती देवकोटा, कृष्णप्रसाद पौडेल, रामचन्द्र सुवेदी, पुण्यप्रसाद पौडेल, शिवकुमार सुवेदी लगायतले बोले ।

Advertisement

तपाईको प्रतिक्रिया