‘सामुदायिक चेतनाले लागु औषध प्रयोगकर्तामा कमी ल्याउँछ’

समाधान संवाददाता २०७९ साउन १३ गते १७:३५

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले सामुदायिक चेतनाले लागु औषध प्रयोगकर्तामा कमी ल्याउँने बताएका छन् । कम्युनिटी सपोर्ट ग्रुप नेपाल (सिएसजी)को लागु औषध विरुद्ध समन्वयनात्मक कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक तिवारीले लागु औषध आपूर्ति नियन्त्रण र सामुदायिक चेतनाले लागु औषध प्रयोगकर्ता घट्ने बताएका हुन् ।

‘हरेक आमाबुवाले आफ्नो छोराछोरीको गतिविधिमा निगरानी राख्नुपर्छ’, उनले भने, ‘छोराछोरीले के गरिराखेका छन्, परिवारमा उनीहरुको व्यवहार कस्तो किसिमको छ, कस्तो साथिको संगत छ जस्ता कुरामा ध्यान दिदाँ लागु औषधमा फस्नबाट रोक्न सकिन्छ ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विशेषज्ञ डा राजन शर्माले लागु औषध प्रयोगकर्ता विरामी हुन् उनीहरुलाई हेला होइन उपचारको आवश्वक रहेको बताए । ‘उनीहरुलाई परामर्शको आवश्यक छ, सुधार केन्द्र तथा औषधिले मात्र उपचार हुँदैन परिवारको साथ नै प्रमुख कुरा हो’, उनले उल्लेख गरे । लागु औषध प्रयोगकर्ताका लागि नेपाल सरकारले मेथोनल औषधि निशुल्क उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।

Advertisement

लागु औषध प्रयोगकर्ता तथा एचआइभी संक्रमितहरुका लागि काम गर्दै आएको संस्थाले शुक्रबार कास्कीका जिल्लास्तरीय सरोकारवाला व्यक्तिहरुसँग छलफल कार्यक्रम गरेको हो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख अधिकारी जयनारायण आचार्य, पोखरा स्वास्थ विज्ञानका प्रतिष्ठानका डिन श्रीकृष्ण श्रेष्ठ लगायत प्रतिष्ठानका विशेषज्ञ, लागु औषध प्रयोगकर्ताका लागि काम गर्दै आइरहेकाे विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थिति थियो ।

Advertisement

तपाईको प्रतिक्रिया