पाेखरा १५ मा सेती गंगाको सभा

समाधान संवाददाता २०७९ साउन १४ गते १३:१२

पोखरा ।
श्री सेतीगंगा महिला चेतनशिल आमा समुहको चौथौं साधारण सभा शनिबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १५ मजुवा स्थित आफ्नै आमा समुहको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा वडा नम्बर १५ का वडा सदस्य आशिष भण्डारीले आमा समुहलाई उद्घोषण तालिम र सिप मुलक तालिमको आवश्यकता रहेकाले वडाले यसका लागि सहयोग गर्ने बताए ।


बढ्दो बिदेशी संस्कृतिका कारण परम्परागत धर्म संस्कृति लोप हुँदै गएकाले टोल विकास संस्था र आमा समुहले यसको जोगान गर्नुपर्ने बताए । ‘स्थानीय सरकार भनेको जनाताको नजिकको सरकार हो । जनताको घरघरको सरकार हो,’ उनले भने, ‘तपाईंहरुको हरेका दुखसुखमा हामी जनप्रतिनिधिहरु २४ सै घण्टासँगै छौं ।’

Advertisement


टोल विकास संस्थाकी संस्थापक अध्यक्ष पूर्णकला गुरुङले कार्यक्रमका स्वागत मन्तव्य राखेकी थिइन् । उनले आफूहरु सरकारद्धारा पिडित रहेकाले यसको सुनुवाइ गरेर छिटो भन्दा छिटो आफूहरुलाई न्याय दिनुपर्ने बताइन् ।

‘२०३३ सालमा बाढि पिडित भएर सरकारले ल्याएर राखेपनि अझै ४६ वर्षसम्म पनि लालपुर्जा नदिएका बारम्बार प्रहरी प्रशासनले दुख दिएको उनले बताइन् । संस्थाका सल्लाकार धनराज गुरुङ, टोल विकास संस्थाका अध्यक्ष सूर्यबहादुर बानियाँ, भगवती टार आमा समुह, फूलबारी आमा समुहका प्रतिनिधिले बोलेका थिए । संस्थाकी कोषध्यक्ष खिलमा राजभाटले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरिन् ।

Advertisement

अध्यक्ष रमादेवी रानाभाटले एकले अर्कोको अस्थित्व स्वीकार गर्न नसक्दा एउटै टोलमा दुई वटा आमा समुह भएको बताइन् । ‘हामीहरु एउटै टोलमा बसेर पनि मिल्न सकेका छौनौं । सबैलाई पदको लोभ छ,’ उनले भनिन् ।

एकले अर्कोको अस्थित्व स्वीकार गर्न नसक्दा टोलमा विकास निमार्णका कामले गति लिन नसकेको उनले सुनाइन् । संस्थाकी साधरण सदस्य तथा खाल्टे आमा समुहकी अध्यक्ष सकुन्तला गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया