१३५ इलेक्ट्रिकल व्यवसायीको दुर्घटना बिमा

पोखरा ।
पोखरा इलेक्ट्रिकल एसोसिएसनले स्वास्थ्य कोषको स्थापना गरेको छ । एसोसिएसनले कोषको स्थापनाकै दिन १ सय ३५ सदस्यको बिमासमेत गरेको छ । पोखरा इलेक्ट्रिकल एसोसिएसन विद्युतीय सामग्रीको व्यावसायीको साझा संगठन हो । ०५६ सालमा स्थापित एसोसिएसनले आफ्ना सदस्यका समस्या साथै व्यावसायिक हकहितका पक्षमा आवाज उठाउँदै आएको छ ।
सामाजिक काममा पनि आफ्नो अग्रता कायम राख्दै आएको एसोसिएसनले सदस्यका अलावा अति न्यून आर्थिक अवस्था भएका बिरामीको उपचारमा पनि सहयोग पुर्याउने उद्देश्यले कोष खडा गरेको हो । उपचार गर्न कठिन भएकालाई सहयोग गर्ने उद्देश्यले स्थापना गरेको कोषका महासचिव केशव ढकालले बताए । ‘प्रत्यक्ष रुपमा एसोसिएसनमा आबद्ध सदस्य तथा सामाजिक कार्य अन्तर्गत जो कोही अप्ठेरो अवस्थामा परेका बिरामीको उपचारमा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरेका हौं,’ उनले भने ।
कोष कार्यसमिति तथा सल्लाहकारबाट स्वतस्फूत २ लाख रुपैयाँ संकलन गरी सुरु गरिएको उनले जानकारी दिए । एसोसिएसनले १ सय ३५ सदस्यको जनही २ लाख रुपैयाँका दरले दुर्घटना बिमासमेत गरेको छ । एसोसिएसनका सदस्य दुर्घटना तथा भवितव्यमा परेमा कोषमा जम्मा भएको राशिले उपचार गरिने ढकालले बताए ।








सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया