समावेशी टोलको अध्यक्षमा गिरी

पोखरा ।
पोखरा महानगरपालिका १४ चाउथेमा रहेको समावेशी टोल विकास संस्थाको अध्यक्षमा राजु गिरी सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको शनिबार सम्पन्न नवौँ साधारणसभा तथा चौथो अधिवेशनले गिरीको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा शान्ता परियार, सचिवमा जीतबहादुर थापा, सहसचिवमा गोविन्द अधिकारी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे चयन भए । सदस्यहरुमा सरेन्द्र पण्डीत, लालबहादुर गुरुङ, दिलकुमार श्रेष्ठ, दिल जैसी, सोविन्द्रा श्रेष्ठ, चन्द्रकला कुँवर क्षेत्री, अनुष्का पौडेल सुवेदी र सुनिता पराजुली चयन भएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेशसभाका प्रमुख सचेतक सांसद गायत्री गुरुङले विकास आवश्यकताका आधारमा हुने भएकाले आफ्नो गाउँ टोलको विकासमा सोही ठाउँका बासिन्दा अग्रसर हुनुपर्ने बताइन् ।
समावेशी टोल पोखरामानै नमूना टोलका रुपमा स्थापित भएको उल्लेख गर्दै निर्वाचन पूर्वाधार कार्यक्रमबाट आफूले प्रवेशद्धार निर्माणमा रु पाँच लाख बजेट विनियोजन र पहिरो व्यवस्थापन, बाटो निर्माणमा बजेट विनियोजन गरिएको जानकारी दिइन् । विकासमा राजनीतिक आँखाले हेर्न नहुने उनको भनाइ छ ।
वडाध्यक्ष बोधबहादुर कार्कीले टोल विकासका लागि वडा कार्यालय साथमै रहेको बताउँदै फोहोरमैला शुल्क नतिर्नका लागि वडावासीमा आग्रह गरे । वडा नं १४ मै फोहोरव्यवस्थापन स्थल रहेकाले वडावासीलाई फोहोरशुल्क मिनाहा गरिएको जानकारी दिए । कार्यक्रममा सांसद गात्रयी गुरुङ, वडाध्यक्ष बोधबहादुर कार्की र समावेशी टोल निवासी एवं शुक्ला गण्डकी १२ का वडाध्यक्ष इन्द्र गुरुङ र संस्थाका निर्वतमान अध्यक्ष माधवप्रसाद बराललाई दोसल्ला, माला र , मायाको चिनो र खादाबाट सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरुङले प्रवेशद्धारको उद्घाटनका थिए ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया