५९ युनिट रगत संकलन
समाधान संवाददाता
२०७९ साउन १६ गते ११:५१

पोखरा ।
इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको आयोजनामा भएको रक्तदानमा ५९ युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ऋषिकेशव सुवेदीले समाजका सदस्यको हितका लागि काम गर्दै आएको समाजले रक्तदान आयोजना गरी मानवीय सेवा गरेको जनाए ।
नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । डा. निरञ्जन कोइरालाले रक्तदानको महत्वबारे प्रकाश पारे । कार्यक्रम संयोजक एवं समाजका सहसचिव प्रल्हादचन्द्र घिमिरेले कार्यक्रममा कमलराज पन्तले ५१ औं पटक रक्तदान गरेको जानकारी दिए । समाजका अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव निर्मल सोतीले पनि बोलेका थिए ।
सम्बन्धित








सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया