सरकारी इन्जिनियरिङ पेसाकर्मी समाज गठन

पोखरा ।
गण्डकी प्रदेश सरकार मातहतमा इन्जिनियरिङ सेवामा कार्यरत कर्मचारीबीच प्रदेश निजामती सेवा ऐनमा समेटिनु पर्ने वृति विकास, सरुवा बढुवा लगायतका विषयमा छलफल तथा अन्तक्र्रिया गरी भेला सकिएको छ । भेलाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा कार्यरत इन्जिनियर झलकमोहन ओझाको अध्यक्षतामा १५ सदस्यीय सरकारी इन्जिनियरिङ पेशाकर्मी समाज गण्डकी प्रदेश तदर्थ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय स्याङ्जामा कार्यरत मोहनराज आचार्य र सचिवमा पूर्वाधार विकास कार्यालय लमजुङमा कार्यरत सुमन गिरी छन् । सहसचिवमा सागर भट्टराइ, कोषाध्यक्ष शर्मिला थापा र सदस्यमा अजय श्रेष्ठ, रमेश सुवेदी, हरि थापा, अनिल पोखरेल, ढाकाराम आचार्य, राजेन्द्र क्षेत्री, गायत्री पौडेल र अस्मिता बस्नेत छन ।
२ जना महिला सदस्यपछि कार्यसमितिबाट मनोनयन गरिनेछ । भेलाले प्रदेशमा समायोजन भई कार्यरत सम्पूर्ण सिडिइलाई समितिको पदेन सल्लाहकार चयन गर्ने निर्णय गरेको छ । भेलाका वक्ताले गण्डकी प्रदेशको प्रदेश निजामति सेवा ऐन तुरुन्त जारी गर्न प्रदेश सरकारलाइ दबाब दिनुपर्ने, प्रदेशमा समायोजन भएर आएका कर्मचारीको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने, कर्मचारीका वृति विकास, सरुवा, बढुवा, पेशागत हकहित र सुरक्षाका विषयमा धारणा राखेका थिए ।








भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया