गुरुङ र तिमिल्सेनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार
समाधान संवाददाता
२०७९ साउन १७ गते ११:१७

पोखरा ।
गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पोखरामा क्रियाशील पत्रकारद्वय राम गुरुङ र रामप्रसाद तिमिल्सेनालाई प्रदान गरिने भएको छ । पत्रकार गुरुङलाई २०७७ र तिमिल्सेनालाई २०७८ को पुरस्कार प्रदान गरिने भएको हो । पुरस्कारको राशि २५ हजार १ रुपैयाँ र सम्मानपत्र छ । यही साउन २० गते एक कार्यक्रमबीच पुरस्कार प्रदान गरिनेछ ।
गुरुङ र तिमिल्सेना पोखरामा २ दशकदेखि पत्रकारितामा क्रियाशील छन् । गुरुङ विशेषतः फोटो पत्रकारिता क्रियाशील छन् । तिमिल्सेना रेडियो नेपाल र गण्डकी बहस डटकममा आबद्ध छन् । प्रतिभा छनोट समितिका संयोजक अग्रज पत्रकार कोमलनाथ बराल, सदस्य कृष्णप्रसाद बाँस्तोला, श्याम कुँवर, पत्रकार महासंघ अध्यक्ष विमला भण्डारी र सचिव माधव बराल रहेको समितिले गरेको सिफारिसलाई महासंघको आइतबारको बैठकले अनुमोदन गरेको हो ।
सम्बन्धित








कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया