हिमाल कलेजका विद्यार्थीलाई प्लस टु सकिएपछि सिधै जागिर

पोखरा । हिमाल कजेल अफ म्यानेजमेन्टका विद्यार्थीलाई प्लस टु सकिएपछि सिधै काम पाउने भएका छन् । प्लस टु सकिएपछि कामका लागि विभन्न १० कम्पनीले अफर गरेका हुन् ।
कलेज इन्चार्ज मणिप्रसाद डुम्रेका अनुसार प्लस टु सकाएपछि सिधै काम दिने विभन्न कम्पनीले अफर गरेका हुन् । कश्यप एग्रो प्रालि, इभरेस्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट प्रालि, नयनतारा कृषि सहकारी संस्था लिमिटेड, बिहानी बजार लगायत विभिन्न कम्पनीले पढाई सकिए लगत्तै काम दिने एग्रिमेन्ट गरेका हुन् ।
ुहिमाल कलेजले सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान पनि दिदै आएको त विदितै छ । हाम्रा विद्यार्थीलाई प्लस टु सकिए लगत्तै काम पनि दिने भनेर विभिन्न कम्पनीले अफर गर्नु भएको छ,ु उनले भने । यसअघिका वर्षमा पनि प्लस टु सकिएपछि विद्यार्थीहरुलाई विभिन्न कम्पनीमा कामको व्यवस्था गर्दै आएको छ ।
इन्चार्ज डुम्रेले छिट्टै कलेज र विद्यार्थीको लगानीमा क्याफे पनि सञ्चालनमा आउन लागेको बताए । क्याफेमा विद्यार्थीहरुले प्रयोगात्मक सीप पनि बृद्धि गर्न पाउने उनले सुनाए ।









पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
विद्यार्थीलाई कपडा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया