लोककवि अली मियाँको सम्झना

पोखरा ।
लोककवि अली मियाँको १६ औं स्मृति दिवसको सन्दर्भमा वृक्षरोपण तथा उनको योगदानको विषयमा चर्चा गरिएको छ । अली मियाँ लोकवाङ्मय प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, भानुमार्ग क आमा समुह र भानुमार्ग टोल विकास संस्थाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले अली मियाँको शालिक निर्माण गर्नुपर्ने र यसका निम्ति आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता गरे । पोखरा ११ भानु प्रतिमास्थलमा वृक्षरोपण गरियो । कार्यक्रममा लोककवि अली मियाँको विषयमा विद्यावारिधि गरेका सहप्राध्यापक डा. बाबुराम अधिकारीले लोकसाहित्यमा अली मियाँको योगदानबारे प्रकाश पारे ।
कार्यक्रममा नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठानकी परिषद सदस्य हरिदेवी कोइराला, पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, भानु वाङ्मय प्रतिष्ठानका सचिव अम्बिकाप्रसाद भट्टराई अनेसास गण्डकीका अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’, समाजसेवी निर्मल कर्मचार्य, गण्डकी साहित्य संगमका सचिव भीम रानाभाट, भानुमार्ग क आमा समूहकी अध्यक्ष मीठु गुरुङ, साहित्यकार देवेन्द्र केसी, गायक विनित जोजिजु, कवि धर्मराज पौडेल, अल्पायु लगायतले लोककविको योगदानका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रम अली मियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको थियो ।








मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया