नेपाल आदिवासी जनजाति महासंघकाे पाेखरामा र्याली

पाेखरा ।
नेपाल आदिवासी जनजातिहरुले महासंघ गण्डकी प्रदेशले २८ अाैं विश्व अादिवासी दिवस पाेखरामा मनाउने भएकाे छ । संघले श्रावण २४ गते बिहान ११ बजे चिप्लेढुंगाबाट आ-आफ्नो जातिय मौलिक झांकी सहित विशाल प्याली गर्ने जनाएकाे हाे । संघले बिहीबार पाेखरामा पत्रकार सम्मेलन गरेर काेभिडका कारणले राेकिएकाे विगतकाे कार्यक्रमलाई निरन्तर दिँदै कार्यक्रम गर्न लागिएकाे जनाएकाे हाे । काराेना महामारीका कारणले संघले दुई वर्षदेखि कार्यक्रम गरेकाे थिएन् ।
पहिचान, पहुँच, प्रतिनिधीत्वर समावेशीकरणको लागि आदिवासी जनजाति आन्दोलन जाति, भाषा अमर संस्कृति संरक्षणको लागि देश व्यापी राष्ट्रिय जागरण नाराका साथ महासंघले देश व्यापी रूपमा कार्यक्रम गर्न लागेकाे संघका जिल्ला समन्वय अध्यक्ष मानेन्द्र कुमार मलिले बताए । चिप्लेढुंगाबाट सुरूभएकाे र्याली नेपाल मगर संघ कास्कीको भवनमा पुगि औपचारिक कार्यक्रम गरिने उल्लेख छ ।
तपाईको प्रतिक्रिया