ज्ञान लिन र दान दिन भत्तजन शिव पुराणमा

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६ को बुढिवजार स्थीत सक्नेरीमा जारी शिव पुराण ज्ञान महायज्ञको छैटौ दिनसम्म आईपुग्दा भत्तजनको उल्लेखिए सहभागीतासगै दान रकममा पनि बृद्धि भएको छ । साउनको महिनामा विशेष गरि शिवको पुजा आरधना गरिने भएकाले यज्ञ स्थलमा विहान देखि नै भक्तजनहरु आउने र शिव पुराण ज्ञान महायज्ञमा ज्ञान लिने र आयोजकले राखेको सामाजिक कार्यमा सहयोग पुग्ने गरि दान दिने गरेको देखिन्छ ।
यज्ञमा आउने जो सुकै भक्तजनहरुले आफनो गक्ष्य अनुसारको दान दिने गरेका छन् यसै क्रममा विहिवार मात्र करिव १० लाख ५९ हजार आठ सय १७ रुपियाँ संकलन भएको छ भने अहिले सम्म ३० लाख भन्दा वढि रुपिया संकलन भएको प्रचार प्रसार उप समितिका संयोजक राजु बरालले जानकारी दिएका छन् ।
धर्मको रक्षा गरौं संस्कृतिको जर्गेना गरौं भन्ने मुल नाराका साथ लोक सास्कृतीक संरक्षण समिति र उज्जवल आमा समुहको संयुत्त आयोजना र विभिन्न सामाजिक संघ सस्थाहरुको सहकार्यमा आयोजना गरिएको महायज्ञमा दिन प्रतिदिन भत्तजनका सख्या र आर्थीक सहयोग पनि बढ्ने क्रममा रहेको आयोजक समितिका संयोजक जगननाथ तिमिल्सेनाले जानकारी दिएका छन् ।
बैद्धिक सनातन धर्म र सस्कृतीको रक्षार्थ समस्त पितृ उद्धार,राष्ट्र कल्याण,बहुउदेश्यीय सामाजिक भवनको समयानुकुल स्तरोन्नती ,जेष्ठ नागरिक दिवा सेवालाई थप ब्यवस्थीत रुपमा संचालन गर्नका लागि अक्षयकोष स्थापना एवंम लोक संस्कृती संरक्षण संग्रहालय निर्माण गर्ने उदेस्यले ज्ञान महायज्ञ गर्न लागिएको हो ।
महायज्ञ संचालनको छैटौं दिन पोखरा २६ निवासी सुर्यनारायण बराले एक लाख ११ हजार एक सय ११ र सोही ठाँउ निवासी शेर बहादुर थापाले एक लाख दुई हजार दुइ सय ७५ सहयोग गरेका छन् । साउन २२ गतेसम्म चल्ने शिवपुराण ज्ञान महायज्ञमा दिगदर्शन वाचन शिरोमणि दीपक सापकोटा प्रमुख बाचक र युवा पण्डित रामप्रसाद सिग्देल उप वाचकको रुपमा रहेका छन् ।









मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया