बात्स्यायन वृद्धाश्रमलाई अडानको सहयोग

समाधान संवाददाता २०७९ साउन २२ गते ११:०४

पोखरा ।
नेपाल अडिटर्स एसोसियसन (अडान) कस्कीले १७ औं स्थापना दिवसको अवसरमा पोखरा १४ बाच्छेबुडुवाको बात्स्यायन वृद्धा आश्रममा शुक्रबार आर्थिक सहयोगसँग वृक्षरोपण, खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ ।

Advertisement

लेखा परीक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एसोसियसनले अडान डेको अवसरमा आर्थिक ऐन २०७९ आयकरमा पारेको प्रभाव सम्बन्धमा पोखरामा कार्यक्रमको आयोजना गरी अन्तक्र्रिया गरेका हो । कार्यक्रममा आयकरले पारेको असर, समाधानका उपायहरुको बारेमा अन्तक्र्रिया गरिएको कास्कीमा सचिव गुणनिधि पाण्डेले बताए ।

आयकरका बारेमा गरिएको अन्तक्र्रियामा सहजीकरण तथा आयकर ऐनको प्रशिक्षण गण्डकी प्रदेशका अध्यक्ष पदमबन्धु पोखरेलले गरेका थिए । सभाका अध्यक्ष तथा कास्की अध्यक्ष कमलबहादुर रेग्मीले अडानका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

Advertisement

कार्यक्रममा एसोसियसनका केन्द्रय उपाध्यक्ष बिलबहादुर भुजेल, आइक्यान पार्सद तथा केन्द्रीय सल्लाहकार केशबहादुर केसी, केन्द्रीय सचिव शिवराज बराल, केन्द्रीय सल्लाहकार चन्द्रबहादुर थापा र अडान कास्की सचिव गुणानिधि पाण्डेले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया