२२ जना जुम्ल्याहाको निशुल्क स्वास्थ्य जाँच

पोखरा ।
लायन्स क्लब आफ पोखरा नर्सेसले निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । क्लबले २२ जना जुम्ल्याहा र उनीहरुका अभिभावकलाई भेला गरेर स्वास्थ्य जाँच गराएको हो । कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले प्रदेशवासीको स्वास्थ्यका लागि सरकार प्रतिवद्ध रहेको जनाइन् । शिविरमा बाल रोग विषेशज्ञ डा रामचन्द्र बास्तोला र दन्त विशेषज्ञ डाक्टर हरि द्वाले स्वास्थ्य परीक्षण गरेका थिए ।
क्लबले स्थापना कालदेखि हाल गरेका क्रियाकलापको प्रस्तुति लायन्स रितु कोइराला र जुम्लियासम्बन्धी जानकारी मिडसन कास्की सदस्य उषाकिरण पौडेलले प्रस्तुत गरे । समारोहमा जम्ल्याहा राम लक्ष्मणले जम्ल्याहा हुनुको अनुभव र सरिता पाहरी सिग्देलले जुम्ल्याहा अभिभावकको अनुभव सुनाए ।
क्लबकी अध्यक्ष निशा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमा लायन्स क्लब इन्टरनेसलन डिस्ट्रिक्ट ३२५ एमका डिस्ट्रिक्ट गर्भनर महेन्द्र पौडेलले नौलो कार्यक्रमको निरन्तरतासहित नर्सेसको सामाजिक सेवा अविराम चलोस् भनी शुभेच्छा व्यक्त गरे । कार्यक्रममा हेमा गुरुङले पनि बोलेकी थिइन् ।








कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया