समृद्धि महिला समूहमा नयाँ नेतृत्व

पोखरा ।
पोखरा १७ सीतापाइलामा रहेको समृद्धि सीतापाइला महिला समूहको शनिबार भएको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ समिति चुनेको छ । समितिको अध्यक्षमा सावित्रा पहाडी, उपाध्यक्ष अनिषा बराल, सचिव सुशीला पौडेल, कोषाध्यक्ष कल्पना रेग्मी र सहसचिव सुमित्रा राना छन् ।
९ सदस्यीय समिति सदस्यमा भगवती अर्याल, डिलकुमारी शाही, सुनीता नेपाली, जुना खड्गी चुनिए । सँगै भएको समृद्धि टोल विकास संस्थाको विशेष भेलाले रिक्त सचिवमा देवी अधिकारीलाई निर्वाचित गरेको छ । टोल विकास संस्थाका सल्लाहकार माधव पनेरुको संयोजकत्वमा रहेको निर्वाचन मण्डलले चुनावी प्रक्रिया सम्पन्न गरेको हो । नवनिर्वाचित अध्यक्ष पहाडीले यसअघिको समितिले गरेका राम्रा कामलाई निरन्तरता दिँदै महिला सशक्तीकरण र टोलको विकासमा लाग्ने प्रण गरिन् ।
समारोहमा समृद्धि टोलमा ट्रस्ट निर्माण उपभोक्ता समितिका अध्यक्ष फडिन्द्र अधिकारी भवन निर्माणको आयव्यय सार्वजनिक गरे । यहाँ १२ लाख ८९ हजार लागतमा भवन बनेको छ । साधारणसभाले सचिव अनिषा बरालको प्रगति प्रतिवेदन र कोषाध्यक्ष वसन्ती खत्रीको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
सभामा फिस्टेल ड्रिम पार्कका सञ्चालक कमलबहादुर बस्नेतले सीतापाइला क्षेत्रको विकासमा टोल विकास संस्था र आमा समूहले उदाहरणीय भूमिका निर्वाह गरेको बताए । उनले टोलसँग सहकार्य गर्दै ड्रिम पार्क अगाडि बढ्ने बताए । समृद्धि टोलमा रहेको बोरिङका सञ्चालकसमेत रहेका बस्नेतले टोल विकास संस्थालाई सित्तैमा खानेपानी उपलब्ध गराउने प्रतिवद्धता जनाए ।
टोलका संरक्षक भोजबहादुर भुजेलले महिला सशक्तीकरण र टोलका विकासका लागि महिला समूहको उल्लेख्य भूमिका रहेको बताए । उनले स्थानीय सरकार र स्थानीयसँग सहकार्य गरी समृद्धिमा लाग्न आग्रह गरे । निर्वाचन मण्डलका संयोजक पनेरुले निर्वाचनपछि एकत्रित भएर आफ्नो उद्देश्यमा लाग्न आग्रह गरे ।
महिला समूहका अध्यक्ष अनिषा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मीना पौडेलले पनि बोलेकी थिइन् । कार्यक्रममा महिला समूहकी सांस्कृतिक उपसमिति संयोजक देवी अधिकारीको अग्रसरतामा कोभिडबारे सचेतनामूलक तीजगीत प्रस्तुत गरिएको थियो ।









विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
‘झ्व भ्वय’ १९ गते
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया