एसओएस माइनर स्कुलमा बिरूवा रोपियो

पोखरा ।
रोटरी क्लब अफ पोखरा मिडटाउनको आयोजनामा शनिबार पोखरा रामबजार स्थित एसओएस हर्मन माइनर स्कुलमा वृक्षरोपण भएको छ । इनरह्विल अफ पोखरा मिडटाउन र रोक्ट्रयाक्ट क्लबको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्कुल हाताभित्र फलफूलका बिरूवा रोपिएको हो ।
डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले फलफूलका बिरूवा बालग्रामका आमालाई हस्तान्तण गरी कार्यक्रम सुरुआत गरे । उनले रोटरी क्लबले बालग्राममा फलफूलका बिरूवा रोपी पुण्यको काम गरेको बताए बरालले आगामी वर्ष गरिने वृक्षरोपणका लागि वन कार्यालयले आवश्यक बिरूवा उपलब्ध गराउने प्रतिबद्वता गरे ।
रोटरी क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष रवीन्द्रनाथ बस्तोलाको अध्यक्षतामा भएको कार्यक्रमा क्लबका पूर्व अध्यक्ष सन्तोष पोखरेल, सचिव विकास अधिकारी, एसओएस बालग्रामका निर्देशक भगतकुमार श्रेष्ठ, उप निर्देशक बाबुराम बराल लगायतले बोलेका थिए ।
क्लबले हरेक वर्ष वृक्षरोपण गर्दै आएको छ । यस वर्ष बालग्रामका बालबालिकालाई लक्षित गरी उनीहरूलाई पायक पर्ने स्थानमा फलफूलका बिरूवा रोपिएको कार्यक्रम संयोजक उपेन्द्र पौडेलले जानकारी दिए । यस वर्ष बालग्राम परिसरमा आँप, लिची, बेलौती, जापानिज कटुस, कफी, पारिजात लगायतका बिरूवा रोपिएको छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया