बिन्ध्यवासिनी मन्दिरमा क्युआर कोड मार्फत भेटि संकलन

पोखरा ।
माछापुच्छ्रे बैंक र बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति बिच क्युआर कोड हस्तान्तरण भएको छ । आइतबार बैंकका सिइओ सन्तोष कोइरालाले बिकास समितिको क्युआर स्क्यान गरी उद्घाटन गरे । बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष सुर्यप्रसाद सुवेदीले समितिले गरेको समाजिक कामको बारेमा जानकारी दिदैँ बित्तिय र धार्मिक क्षेत्र बिच सहकार्य गर्न पाएको भन्दै खुसी ब्यक्त गरे । उनले मन्दिरमा संकलन हुने भेटि अब क्युआर कोड मार्फत संकलन हुँदा थप सहजता हुने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.रामशरण खरेलले कागजी नोट छाप्ने प्रक्रिया लामो भएको बताउँदै हाल डिजिटल बैंकिङ कारोबारले सजिलो बनाएको बताए । उनले बिन्ध्यवासिनी धार्मिक क्षेत्रले पनि दक्षिणालाई डिजिटल डिसप्ले मार्फत देखाएमा अझै प्रभावकारी हुने बताए । बैंकका सिइओ कोइरालाले नेपाल भरीका मठ मन्दिरमा क्युआर कोड राख्ने अभियान भएको बताउँदै त्यसै अनुरुप बिन्ध्यवासिनी धार्मिक क्षेत्रमा पनि अभियान शुरु भएको जनाए ।
उनले यस अगाडि पनि मन्दिर सगँको सहकार्यमा जोडिएको बताउँदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए । क्युआर स्क्यान मार्फत दक्षिणा प्रदान गर्दा पारदर्शिता हुने उनको भनाइ थियो । बैंकका डिजिटल चिफ माधव सुवेदीले बैंकले डिजिटल प्रबिधिलाई देशै भरी हरेक क्षेत्रमा बिस्तार गर्दै आएको र त्यसै अनुरुप विन्ध्यवासिनीमा पनि शुरुवात भएको बताए ।
कार्यक्रममा बैंकका सस्थापक सञ्चालक एवं स्वर्गीय सुर्यबहादुर केसीकी श्रीमति प्रेमकुमारी केसी, बैंक सञ्चालक बन्दना कार्की, सशस्त्र प्रहरीबलका बरिष्ठ प्रहरी उपरिक्षक सुरेश श्रेष्ठ वडा नम्बर १ र २ वडा अध्यक्ष सहारा प्रधान र दिवसमान प्रधानाङ्ग लगायतले बोलेका थिए ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया