ओमकारेश्वरमा भक्तजनको भीड

पोखरा ।
साउन महिनाको तेस्रो सोमबार पोखरा १७ रातोपैह्रास्थित ओमकारेश्वर महादेव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । रातोपैह्रा सामुदायिक वन समूहमा अवस्थित शिव र गणेश मन्दिरको दर्शन पूजा आराधनासहित १०८ शिवलिंगमा गाईको दूध र सेतीनदीको पवित्र जल अर्पण गर्ने श्रद्धालु भक्तजनाको भीड लागेको हो ।
साउन महिना र सोमबार भगवान शिवकोवारका रुपमा लिइन्छ । उक्त दिन शिवको पूजा आराधना एवं दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वास भक्तजनामा छ । भक्तजनले सेतीनदीमा स्नान गरी पवित्र जल ल्याएर शिवलिंगमा चढाउने प्रचलन छ ।
गाईको दूध, विभिन्न पूजा सामग्रीसहित फूल प्रसाद लिएर पोखरा आशपासबाट भक्तजन दर्शन गर्न आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर थापाले जानकारी दिए ।
साउन महिनाको पहिलो र दोस्रो सोमबार भन्दा तेस्रो सोमबार बढी दर्शनार्थी श्रद्धालु भक्तजनको भीड लागेको जनाउँदै उनले भने, ‘यसलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्न सवैको साथ र सहयोग आवश्यक छ ।’ ओमकारेश्वर मन्दिर लगायत पोखराका केदारेश्वर, गुप्तेश्वर महादेव, सदाशिव हरिहर महादेव लगायतका शिवालयमा गाईको दूध र पवित्र जल चढाउने भक्तजनको भीड लागेको छ ।








एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया