मैत्रीपूर्ण मिडिया फुटसल

पोखरा ।
खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश र नेपाल आदिवासी पत्रकार महासंघ गण्डकी प्रदेशबीचको मैत्रीपूर्ण मिडिया फुटसल प्रतियोगिता भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २३ औं स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण मिडिया फुटसल प्रतियोगितामा आयोजक टिम नेपाल आदिवासी जनजाति पत्रकार महासंघले उपाधि जितेको हो ।
कास्कीको गणेश टोलमा रहेको स्पोर्टस क्यासलमा महिला र पुरुषतर्फ सञ्चालन भएको प्रतियोगितामा खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका महिला र पुरुष दुवै टिमलाई ट्राइबेकरमा पराजित गर्दै आयोजक टिमले उपाधी जितेको हो । जनजाति पत्रकार महासंघले महिला र पुरुषतर्फ ट्राइबेकरमा ५–४ ले पराजित गरेका हुन् ।
विजेता र उपविजेता टोलीलाई प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितको आयोजक नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समिति र सहआयोजकमा कास्की जिल्ला समिति थिए ।








ऐतिहासिक ढुंगेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
राजावादी आन्दोलनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ
कांग्रेस विशेष महाधिवेशन : सभापतिमा थापाको उम्मेदवारी, महामन्त्रीमा शर्मा र पौडेल
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया