बेगनास ताल पचभैयामा वृक्षरोपण

लेखनाथ ।
स्थानीयबासी बेगनासताल पचभैया लाई मुख्य पर्यटकीय गन्तव्य बनाउने अभियान मा लागि परेका छन । उनिहरुले बिहीबार देउराली मन्दिर देखि गुम्बा सम्म करिब १०० वटा फुलका विरुवा रोपेका छन । स्थानीय पचभैया सामुदायिक होमस्टेको आयोजनामा वृक्षरोपण गरिएको हो । गुल्मोहर, असारे, मुसुन्डा, पारीजात लगायत का स्थानीय फुल हरु रोपेका छन् ।
कार्यक्रम को उद्घाटन नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशीराज भणडारीले गरेका थिए । होमस्टेको आफ्नै लगानी करिब ३० हजार रुपैयाँ लागतमा वृक्षरोपण कार्यक्रमको आयोजना भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती भन्डारीले,‘स्थानीय बासी को एकता नै क्षेत्रको विकासको मुख्य आवश्यकता हो’ भने । स्थानीयको एकतालाई हौसला दिन आफ्नो तर्फ बाट कुनै कसर बाँकी नराख्ने उनले बताए ।
स्थानीय पर्यटन व्यवसायी तथा वृक्षरोपण कार्यक्रमका संम्योजक दामोदरभक्त थापा का अनुसार, यहाँ विकासका थुप्रै सम्भावना छन् यसलाई ओझेलमा पार्न नहुने भन्दै स्थानीय स्वम एकजुट भएर विकास निर्माणका काम गरिरहेको जानकारी दिए । होमस्टेले यस अघि पैदल मार्ग निर्माण, होमस्टे संञ्चालकका क्षमता अभिबृद्दी तालिम लगायतका कार्यक्रम गरिरहेको छ ।
होमस्टेका अध्यक्ष निमा थापा मगरको अध्यक्षता मा कार्यक्रम भएको थियो । कार्यक्रम मा स्थानीय सामाजिक व्यक्ति दिननाथ ढकाल, संस्थाका सचिव गणेश ढकालले बोलेका थिए ।
तपाईको प्रतिक्रिया