स्याङजामा ट्रयाक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु
समाधान संवाददाता
२०७९ साउन २६ गते १७:३५

स्याङजा ।
स्याङजाको चापाकोट नगरपालिका ८ मिटुवा खोलास्थित चापाकोट दामाचौर सडक खण्डमा ट्रयाक्टरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका १० का ४५ वर्षिय लोकबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
बुधबार राति साढे ८ बजेतिर नम्बर नखुलेको ट्रयाक्टरले ठक्कर दिएको थियो । ठक्कर पछि घाइते भएका कुँवरको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । ट्रयाक्टर चालकको खोजि भइरहेको छ ।
सम्बन्धित








पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया