घाँस खेती गर्ने किसानलाई पोखरा महानगरकाे अनुदान

पोखरा ।
पोखरा महानगरपालिकाले सघन घाँस विकास कार्यक्रमको अनुदान वितरण गरेको छ । पोखरा महानगरभित्र सघन घाँस खेती गर्ने ९३ किसानलाई १४ लाख ६५ हजार ५ सय ९० रुपैयाँ वितरण गरिएको हो ।
पोखरा महानगर पशु सेवा शाखाद्वारा आयोजित कार्यक्रममा पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले अनुदान वितरण आरम्भ गरिन् । पोखरा महानगरमा आर्थिक वर्ष २०७८/७९ मा ४ सय ८९ रोपनीमा सघन घाँस लगाइएको र ७ हजार ३ सय ३५ मेट्रिक टन घाँस उत्पादन हुने महानगर पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
पोखरा महानगरले पशुपालनलाई प्रवद्र्धन गर्न प्रतिरोपनी ३ हजारका दरले किसानलाई अनुदान दिएको छ
१० रोपनीभन्दा बढी घाँस लगाउने १३ जना, ५ देखि ९ रोपनीमा लगाउने २२ जना, २ देखि माथि र ५ रोपनीभन्दा कम लगाउने कृषकको संख्या ५८ छ । महानगरले प्रतिरोपनी ३ हजारका दरले अनुदान उपलब्ध गराएको हो । ९३ जना किसानले ६ हजारदेखि ६० हजार रुपैयाँसम्म अनुदान पाएका छन् ।
सबैभन्दा बढी २० रोपनीमा घाँस लगाउने मिना तिवारी र नन्दप्रसाद पोखरेललाई जनही ६० हजार रुपैयाँ प्रदान गरियो । कार्यक्रममा महानगरका उपप्रमुख गुरुङले पोखराको आर्थिक विकासको आधार पर्यटन र कृषि रहेको बताइन् । उनले पोखरा पर्यटकीय सहर भएकाले यहाँ आउने पर्यटकलाई आवश्यक कृषि उपज उत्पादन गर्न सके कृषि क्षेत्रका लागि राम्रो हुने बताउँदै घाँस र विउ सँगसँगै उत्पादन गर्नुपर्नेमा जोड दिइन् ।
पोखरा महानगरले कृषिलाई प्रोत्साहन गर्न अनुदान, कृषि एम्बुलेन्स सञ्चालन लगायतका कार्यक्रम ल्याएको छ । उनले पोखराको पहिचानका रुपमा रहेको जेठोबुढो चामलको ब्रान्डिङ गर्ने कामसमेत गरिरहेको उल्लेख गर्दै कृषकका समस्या समाधानका गर्न महानगर तयार रहेको सुनाइन् ।
पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले कृषि उत्पादन गर्न महानगरले अनुदान कार्यक्रम ल्याएको बताउँदै किसानका मागका आधारमा यस्ता कार्यक्रम ल्याइएको जनाए । व्यावसायिक किसान गण्डकी प्रदेश संयोजक दीपक तिमिल्सिनाले महानगरको अनुदानले किसानलाई राहत प्रदान गरेको बताए ।
२० रोपनीमा घाँस लगाएरवापत ६० हजार रुपैयाँ प्राप्त गरेका नन्दप्रसाद पोखरेलले पहिलो पटक सरकारी अनुदान प्राप्त गरेको भन्दै आफ्नालाई मात्र अनुदान दिइन्छ भन्ने कुरा अफवाह भएको प्रमाणित भएको उल्लेख गरे । ‘मैले कसैलाई भनसुन पनि गरेको होइन, । मैले खोजेको पनि हैन । महानगरले मलाई खोजीखोजी अनुदान दियो । काम गरे पाइन्छ भन्ने थाहा पाए ।’









नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
पोखरा सात ए–साइड भेट्रान्स फुटबल प्रतियोगिता भोलीदेखि हुने
म्याग्दीको झिनडाँडामा गुणस्तरहीन ढलान जनप्रतिनिधिले भत्काए
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया