नेविसंघ पोखरा २२ को उत्कृष्ट विद्यार्थीलाई सम्मान
समाधान संवाददाता
२०७९ साउन ३० गते १३:३४

पोखरा ।
नेपाल विद्यार्थी संघ पोखरा २२ ले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा शुक्रराज माविका विद्यार्थीमध्ये सर्वाेत्कृष्ट नतिजा ल्याउने गौरव बराल, जिल्लामै उत्कृष्ट नतिजा ल्याउने सन्ध्या बराल, ओख्ले माविका विद्यार्थीबाट सर्वाेत्कृष्ट समिरा भुजेल सम्मानित भए ।
समारोहमा जिल्ला स्तरीय परीक्षाका उत्कृष्टहरु रोहित सुनार र कुनाल सुनार, महेश्वरी माविका छात्र रञ्जन बराल लगायतलाई समेत सम्मान गरियो । नेविसंघ पोखरा २२ सभापति उत्तम बरालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दीपक पौडेल, कांग्रेस नेता खेमराज पौडेल, राजबहादुर गुरुङ, कांग्रेस पोखरा २२ सभापति होमप्रसाद बराल लगायतले बोलेका थिए ।
सम्बन्धित








कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया