नागरिकता विधेयक विरुद्धमा मोटरसाइकल ¥याली

समाधान संवाददाता २०७९ भदौ ३ गते १६:१७

पोखरा ।

Advertisement

पोखरा ।
नेकपा (एमाले) धादिङ पोखरा सम्पर्क मञ्चको ११ औं वाषिक साधारण सभा तथा तीज विशेष कार्यक्रमको सन्दर्भमा शुक्रबार मोटरसाइकल ¥याली निकालेको छ ।


वर्तमान गठबन्धन सरकारले ल्याएको ‘राष्ट्रघाती’ नागरिकता विधेयकको विरुद्धमा तथा कार्यक्रममा प्रचारप्रसारका लागि ¥याली निकालेको मञ्चका अध्यक्ष शेरबहादुर अधिकारीले जानकारी दिए । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले कार्यक्रम शनिबार उद्घाटन गर्ने कार्यक्रम छ ।

Advertisement


नयाँ बजार शान्तिवन स्थित नेकपा (एमाले)को जिल्ला कमिटी कास्कीको कार्यालयबाट सुरु भएको मोटरसाइकल ¥याली पोखराको विभिन्न भागको परिक्रममा गरी नयाँबजार स्थित तमु धीं नेपालको कार्यालयमा पुगी समापन भएको थियो । सम्पर्क मञ्चका सल्लाहकार गोकर्ण अधिकारीको संयोजकत्वमा मोटरसाइकल ¥याली निकालिएको हो । कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक वीरबहादुर थापा, संस्थापक अध्यक्ष कृष्णबहादुर लम्साल, नेकपा (एमाले) जिल्ला कमिटी धादिङ सदस्य बेनी पाठक, मञ्चका उपाध्यक्ष योगप्रसाद सापकोटा ‘नवराज’, सचिव सरोज कँुवर लगायतले कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।


२०५४ सालमा गठन भएको सम्पर्क मञ्चको कार्यक्रममा ८ सयदेखि १ हजार जना सहभागी हुने छन् । कास्की र धादिङका नेता तथा कार्यकर्ताको कार्यक्रममा सहभागिता रहने अध्यक्ष अधिकारीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया