हिमाल कलेजमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

पोखरा ।
हिमाल कलेज अफ म्यानेजमेन्टमा कक्षा ११ मा नयाँ भर्ना हुन आएका विद्यार्थीलाई स्वागत गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबिच उनीहरुलाई स्वागत गरिएको हो ।
हालै एसईई सकाएर कक्षा ११ मा भर्ना हुन आएका विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीहरुले स्वागत गरेका हुन् । कार्यक्रमको सन्चालन कक्षा कक्षा १२ मा अध्ययनरत मञ्जु घर्ति, अभिषेक नेपाली, कृपा घलेले गरेका थिए । यस्तै सदिक्षा चापागाईंले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा शुभकामना मन्त्व्य मिडिया कोर्डिनेटर जनक पौडेलले राखेका थिए भनेनव आगनन्तुक विद्यार्थीलाई ओरियन्टेसन कलेजका इन्चार्ज मणिप्रसाद डुम्रेले राखेका थिए । कार्यक्रम कलेजबारे क्याम्पस प्रमखु हरि कार्कीले प्रकाश पारेका थिए ।
कार्यक्रमको अध्यक्षता कक्षा १२ आरती भण्डारीले गरेकी थिइन् । कक्षा ११ बाट रितु भण्डारीले स्वागतका लागि धन्यवाद ज्ञापन गरिन् । कलेजको नीति अनुशासनबारे अनुशासन प्रमुख चेतनाथ भण्डारीले प्रष्ट पारेका थिए ।
कार्यक्रममा कक्षा ११ र १२ का गरि २५० विद्यार्थी सहभागी थिए। कक्षा ११ मा १ सय २० जना विद्यार्थी नयाँ भर्ना हुन आएका छन् ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया