सैलुनमा क्युआर कोड
समाधान संवाददाता
२०७९ भदौ ४ गते १८:११

काठमाडौं ।
माछापुच्छ्रे बैंकले ‘नेपाल नाई संघ’लाई क्युआर कोड हस्तान्तरण गरेको छ । डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा बैंकले ‘नेपाल नाई संघ’लाई क्युआर कोड हस्तान्तरण गरेको हो ।
देशका विभिन्न स्थानमा रहेका ३ लाखभन्दा बढी सैलुन व्यवसायीलाई हित गर्ने उद्देश्यले बैंकले ‘नेपाल नाई संघ’लाई क्युआर हस्तान्तरण गरेको हो । राजधानीमा आयोजित कार्यक्रममा ‘नेपाल नाई संघ’का अध्यक्ष राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बैकिङ अधिकारी माधव सुवेदीले क्युआर हस्तान्तरण गरे ।
क्युआर हस्तान्तरण पछि ग्राहकले ‘नेपाल नाई संघ’मा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिएवापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ एपमार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।
सम्बन्धित









एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन
भरियादेखि ट्रेकिङ कम्पनी मालिकसम्म
होमस्टेले फेरिएको कालाबाङ
सम्पादकीय—कांग्रेसको किचलो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया