बौद्धिक अन्तर्क्रिया गर्न राजनीतिशास्त्र सोसाइटी गठन

पोखरा ।
देशका समसामयिक सबालमा बौद्धिक अन्तर्क्रिया, छलफल गरी नागरिकलाई यथार्थ बुझाउन सघाउने उद्देश्यले पोखरामा राजनीतिशास्त्र सोसाइटी नेपाल गठन भएको छ । शनिबार भएको पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातकोत्तर दोस्रो र चौथो सेमेस्टारमा अध्ययनरत विद्यार्थीको भेलाले संस्था गठन गरेको हो ।
सुवास ढुंगानाको संयोजकत्वमा बनेको समितिमा सह–संयोजकः फरेन्द्र थापामगर, सचिव मिलन आले, सहसचिव डा सञ्जय कोइराला र कामिल खान र कोषाध्यक्षमा दिलकुमारी पौडेल छन् । यस्तै सदस्यमा डा. सुधीररमण पराजुली, क्या. सन्तबहादुर लामिछाने, विष्णु पोखरेल, विष्णु गुरुङ (एकता), लक्ष्मण ढुंगाना, शिवराज रेग्मी र सुमन थापा छन् । भेलाले संस्थाको संरक्षक क्याम्पस प्रमुख सरोज कोइरालालाई बनाएको छ ।
सल्लाहकारमा लालबहादुर कुँवर, थानबहादुर क्षेत्री, डा. उमानाथ बराल, डा. गिरीधारी दाहाल, माधवराज बस्तोला, कमलराज पौडेल र कृष्णप्रसाद तिमिल्सिना छन् । भेला अन्नपूर्ण गाउँपालिकाको काँडेमा भएको हो । समितिले उद्देश्य अनुरुपका कार्यक्रमका साथै चाडै विधान तयार गरी अधिवेशन गर्ने संयोजक ढुंगानाले जानकारी दिए ।








पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया