२ सयको सित्तैमा स्वास्थ्य जाँच
समाधान संवाददाता
२०७९ भदौ ५ गते १२:१०

लेखनाथ ।
लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारीले आफनो १४ औं स्थापना दिवसमा विभिन्न कार्यक्रम गरिरहेको छ । साताव्यापी कार्यक्रम अन्तर्गत शनिबार पाठेघरको मुखको क्यान्सर, सुगर तथा मृगौला सित्तैमा परीक्षण गरिएको छ । शिविरमा १ सय ९३ जनाले सेवा लिएका छन् ।
५९ जनाले पाठेघर परीक्षण गराएका हुन् भने १ सय ३४ जनाले अन्य सेवा लिएको प्रमुख कार्यकारी अधिकृत शंकरप्रसाद पौडेलले जानकारी दिए । संस्थाका उपाध्यक्ष हिमालय ओझाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सदस्य डा.कृष्णराज अधिकारी, युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त, संक्रामक तथा सरुवा रोग अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विकास गौचन र सस्थाका सचिव कृष्णप्रसाद तिवारी लगायतले बोलेका थिए ।
सम्बन्धित








विदेशबाट फर्केर च्यांग्रापालन
स्याङ्जामा अभिभावक शिक्षा
कविता गाउँमा विनोदको सम्झना
भेनेजुएलाको दुर्लभ खनिजमा अमेरिकी आँखा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया