जन्माष्टमी प्राकट्य महोत्सव

पोखरा ।
कृष्णजन्माष्टमीको अवसरमा पोखरा ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरमा शुक्रबार श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव गरिएको छ । कार्यक्रममा झण्डै ५ हजार श्रद्वालु भक्तजन सहभागी थिए । महोत्सवमा राति १२ बजेसम्म विभिन्न झाँकी, भजन तथा नृत्य प्रदर्शन गरिएको थियो ।
मन्दिरमा साउन २ गतेदेखि आयोजित श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम पनि भएको छ । झण्डै १० हजार भक्तजनले कथा श्रवण गरेका छन् । मन्दिर स्थापनाकाल २०४८ सालदेखि नै बर्सेनि कार्यक्रम गर्ने गरिएको छ । यस पटकसमेत गरी ३१ औं पटक कार्यक्रम गरिएको हो । महोत्सवमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले समाज परिवर्तनको अभियान हरेकले आफैंबाट र आफ्नै घर भित्रबाट सुरु गर्नुपर्ने बताउनुभयो ।
उनले सामाजिक विकृति, विसंगति अन्त्यका लागि सबै एकजुट हुनुपर्ने औंल्याए । मन्त्री श्रेष्ठले शिक्षालाई उत्पादनसँग जोडेर अघि बढ्नुपर्नेमा जोड दिए । संस्कार, भाषा, संस्कृति र परम्परालाई जोडेर पोखरामा धार्मिक पर्यटनको विकास गर्न सकिने उनको भनाइ छ ।
गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले हरेक व्यक्ति धर्मसँग जोडिनुपर्ने धारणा राखे । त्यस अवसरमा पोखरा महानगरपालिका वडा नं ७ का वडाध्यक्ष राममोहन आचार्य, पोखरा विश्व विद्यालयका डिन डा. दयाराज ढकाल, पूर्व वडाध्यक्ष रामचन्द्र बराल, समाजसेवी बामदेव बस्ताकोटी, इन्जिनियर नेत्र तिमिल्सिना, भागवत्चार्य माता नारायणी घिमिरे, उपाध्यक्ष मोहनप्रसाद ढकाल, सचिव देवीप्रसाद खतिवडा लगायतले बोलेका थिए । मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया