संगम मार्ग टोल महिला समूहमा इन्दिरा

पोखरा l
पोखरा ८ र ९ को केन्द्रमा रहेको संगम मार्ग टोल महिला समूहको साधारण सभा तथा ९ औ अधिवेशनले इन्दिरा लामिछानेको अध्यक्षमा सर्वसम्मत कार्यसमिति चुनेको छ । उपाध्यक्षमा सुशीला श्रेष्ठ, सचिव रीता लामिछाने, सहसचिव गंगा अर्यल र कोषाध्यक्षमा लक्ष्मी कुवँर चुनिएका छन् ।
सदस्यमा पार्वती लामिछाने, रजनी शार्मा, सीता लामिछाने, ईन्द्र श्रेष्ठ, लक्ष्मी राना, सपना विक, शान्ति लामिछाने, गंगा थापा सुनुवार, सुनिता कुँवर, लक्ष्मी बास्तोला र निवर्तमान अध्यक्षमा लक्ष्मी त्रिपाठी बस्तोला छन् । कार्यक्रममा पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरको विकासमा महिला समूहहरुको योगदान महत्वपूर्ण रहेको जनाइन् । उनले महानगरपालिका हरेक योजनामा महिला सहभागितालाई महत्व दिइएको उल्लेख गरिन् ।
पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले महिलाको क्षमता विकासका लागि वाडा स्तरबाट सहयोग रहने बताए । समूहका अध्यक्ष इन्दिरा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सराङ्कोट बहुउद्देश्यीय सहकारी अध्यक्ष कृष्ण थापा, पूर्व वडाध्यक्ष रामराज लामिछाने, वार्ड नं ९ का सदस्य भावना श्रेष्ठ, रेडियो सराङ्कोटका निर्देशक चिन्तामणि बास्तोला, संगम मार्ग टोल विकास संस्थाका अध्यक्ष ढाकाराम लामिछाने, पूर्व अध्यक्ष लक्ष्मी बास्तोला लगायतले बोलेका थिए ।








पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया