शान्तिघाट आमा समूहमा सरु

पोखरा l
पोखरा ९ शान्तिवन वाटिकास्थित शान्तिघाट आमा समूहको सातौं साधारण सभा तथा चौथो अधिवेशनले सरु श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा सावित्री पहारी, सचिव पवित्रा पहारी, कोषाध्यक्ष साधना सिग्देल र सहसचिवमा अनिता अर्याल छन् ।
समूहका सदस्यमा प्रतिमा गुरुङ, सुलोचना पोख्रेल, सुशीला पहारी, जयन्ती सुवेदी, मनिता पहारी, लक्ष्मी रानाभाट, सुशीला नेपाली र विष्णु पहारी सर्वसम्मत भए । कार्यक्रममा पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले आमा समूहलाई वडाको समग्र विकासमा सहकार्य गर्न आग्रह गरे ।
सभामा वडा सदस्यहरु नन्दराम गिरी र भावना श्रेष्ठ, निवर्तमान वडा सदस्य राममाया मानन्धर, शान्तिवन वाटिका टोल विकास संस्था अध्यक्ष शेषनारायण पौडेल, राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य दिलमाया गुरुङ, समूहकी निवर्तमान अध्यक्ष निरु रानाभाट, उपाध्यक्ष सरु श्रेष्ठ र सचिव सावित्रा पहारीले बोलेका थिए ।
कार्यक्रममा समूहमा आवद्ध सदस्यका एइई उत्तीर्ण छोराछोरीलाई सम्मान गरिएको थियो । सभामा सचिव सावित्रा पहारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष अनिता अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम समूहका अध्यक्ष लक्ष्मी पहारीको अध्यक्षतामा भएको थियो ।
तपाईको प्रतिक्रिया