सडक महोत्सवको संयोजकमा बसन्त गौतम

पोखरा ।
रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराको आयोजनामा पोखरामा वर्षेनी हुँदै आएको पोखरा सडक महोत्सवको २४ औं संस्करणका लागि बसन्त गौतमलाई संयोजक चयन गरिएको छ । रेवान पोखराको भर्खरै सम्पन्न नयाँ कार्यसमितिको पहिलो बैठकले गौतमलाई संयोजकमा चयन गरेको हो । बैठकले सह–संयोजकमा योगेश भट्टराई र बैभव पौडेललाई चयन गर्यो ।
बैठकले विश्व पर्यटन दिवस, २७ सेप्टेम्बरका दिन रेवान पोखराले आयोजना गर्दै आएको एक दिने मिनि सडक महोत्सवका लागि समितिका महासचिव विकास भट्टराईलाई संयोजकको जिम्मेवारी दिइएको अध्यक्ष नरेश भट्टराईले जानकारी दिए ।
आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका साथै लोपोन्मुख भेषभूषा, कला, सँस्कृति, ग्रामीण भेगमा उत्पादित घरेलु सामग्रीहरुको संरक्षण एवं प्रवद्र्धन गरी पोखरालाई अंग्रजी नयाँ वर्षको गन्तब्य स्थलका रुपमा पहिचान दिलाउने उद्देश्य सहित रेवान पोखराले २३ वर्षदेखि पोखरा सडक महोत्सव आयोजना गर्दै आएको छ । पुषको १३ देखि १७ गते सम्म लेकसाइडको सडकमा यो महोत्सव सञ्चालन हुने गर्दछ ।








कवितागाउँ’ लुम्लेमा विनोद गौचनको सालिक अनावरण : १२औं स्मृति दिवसमा स्रष्टाको सम्मान
पोखरामा ३६ जना ‘गाइड’ लाई चरा चिनाउने तालिम : बर्ड टुरिजम प्रवर्द्धनमा टेवा
आन्दोलनमा जलेको राजस्व कार्यालयलाई पोउवा संघले दियो कम्प्युटर
फागुन २१ को चुनावका लागि १६५ निर्वाचन अधिकृत नियुक्त : माघ २ भित्र कार्यालय खोल्नुपर्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया