तायमचा नृत्य प्रतियोगितामा भीमसेन टोल प्रथम

पोखरा ।
पोखरामा शनिबार तायाः मचा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । नेवा खल कास्कीको तत्वाधान तथा मोहोरिया–सिंहनाथ तायमचा समितकिो आयोजनामा सम्पन्न प्रतियोगितामा २३ टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा भीमसेन टोल सुधार समिती प्रथम भएको छ । तेर्सापट्टी तायमचा नाच समिती दोस्रो, महेन्द्रपुल तायमचा समिती तेश्रो, तथा नयाँ बजार साँस्कृतिक समितीले सान्तन्वा स्थान हासिल गरेको छ ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद रु. ३५ हजार, दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना हुने समूहले ५ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा लामाचौर नेवाः खलको नृत्यले सर्वोत्कृष्ट महिला नृत्य समुहको उपाधी जितेको छ ।
रामकृष्णटोल तायमचा समितको बाद्यबाधन प्रस्तुति सर्वोत्कृष्ट बाद्यबाधन घोषित भएको छ । नेवा खल कचा पृथ्वीचोकले सर्वोत्कृष्ट जोकर को पुरस्कार जितेको छ ।
विजेता तथा उपविजेता टोलीलाई पोखरा महानगरपालिका का प्रमुख धनराज आचार्य, नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, आयोजक मोहोरिया–सिंहनाथ तायमचा समितीका अध्यक्ष शिबप्रसादले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेकाे प्रचार संयोजक अरुण श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए । उनले मौलिकता बोकेका यस्ता संस्कृतिको जगेर्ना गर्नु स्थानिय सरकारको पनि दायित्व रहेकाले यो दायित्व पुरा गर्न आफु पछि नहट्ने बताए । आयोजक मोहोरिया सिंहनाथ तायमचा समितीका अध्यक्ष शिबप्रसाद श्रेष्ठले तायाः मचा नृत्यको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै नाचको संरक्षण् गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले तायाः मचा नाच सबैको भएको भन्दै यो पोखराको ब्राण्ड रुपमा स्थापित भएको बताए । उनले यसको व्यपाकताका लागि सबै समुदाय र संचार क्षेत्रबाट खेलिएको भूमिका बिगतदेखिनै महत्वपूर्ण रहेकोले यसपालि थप व्यापकता पाउनेमा विश्वस्त रहेको बताए ।
कार्यक्रममा तमु घिं नेपालका अध्यक्ष हुमबहादुर तमु, पोखरा महानगरपालिका वडा नम्बर १ का अध्यक्ष सहारा प्रधान लगायतले बोलेका थिए । मोहोरिया सिंहनाथ तायमचा समितीका अध्यक्ष शिबप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुरेन्द्रमान विजुक्छे गरेका थिए भने कार्यक्रमको सञ्चालन निरञ्जन श्रेष्ठले गरेका थिए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया