समता काव्य सन्ध्यामा ‘फर्गेट एस्टर्डे’

पोखरा ।
पोखरेली युवा साँस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३५० औं शृङ्खला सम्पन्न भयो । काव्य सन्ध्यामा कवि मीना श्रेष्ठको कविता कृति फर्गेट एस्टर्डेको परिचर्चा गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठ रहेका थिए ।
कविता गुन्द्रीको तान जस्तो कसिलो हुनुपर्ने श्रेष्ठले बताए । शब्दहरु धेरै छिरल्लीए भने कविता कविता बन्न सक्दैन । कवि मीना कविताको गुन्द्री बुन्न सफल भएको बताए । कवि मीना श्रेष्ठले आँफु पोखराका अग्रज स्रष्टा सरुभक्त र तीर्थ श्रेष्ठका कविताहरु पढेर पनि होला पोखरा सँग आफ्नो पुरानै संम्बन्ध रहेको अनुभुत गरेको बताइन् ।
कार्यक्रमका अर्का बक्ता डा ईश्वरमणि अधिकारीले फर्गेट एस्टर्डेको पितृसत्तात्मक सत्ताले जकडेको हाम्रो समाज र त्यही समाजमा नेपाली महिलाहरूको अवस्था र यसको पृष्ठभूमि, उनीहरूले भोगेको कष्टप्रद जीवनको कथा र सोका विभिन्न आयामहरूको कलात्मक चित्रण गर्न सक्षम भएको बताए । कविका आफ्ना केही कविताहरूमा ‘आइमाई बस्ने घर’ संग्रहको यौटा ससक्त कविता हो ।
जहाँ नेपाली पूरातन महिलाहरूको कुरूप अवस्थाको सुन्दर चित्र छ । बाबुको घरबाट लोग्नेको घर पुगेकी चेलीले आफ्नो घर खोजेको कथा छ त्यहाँ, नेपाली महिलाको पीडा छ्र । यो नेपाली ग्रामिण महिलाहरूको प्रतिनिधिमूलक पीडा हो । हुन त अहिले अवस्था केही हदसम्मबदलिएको छ र पनि कविता कलात्मक छ र, प्रेरणादायी पनि ।
हो, मेरी आमाको घर थिएन
बुबाको घर कहिल्यै उनको भएन
त्यो घर काकाको थियो
त्यो घर बडाबा को थियो
मेरी आमा जहिल्यै
बाहरुको घरमा बसिन्
यसरी लैंगिकविभेदको कलात्मक विन्यास गर्न सफल कवि कहिं कहिं छिरलिएकी छिन् । कविहरू कवितामा गुलाव खेती गर्छन् । कति बेला शासकका विरुद्द, कति बेला संयन्त्रका विरुद्द र कतिबेला पार्टी नेतृत्वका विरुद्द जोडले झटारो हान्न भन्छ मन ।
राजनीतिक विवेकले बन्धक बनाउँछ मनलाई । तर किताब पढिरहँदा लाग्छ, उनले झटारो हानिनन्,या प्रेमपूर्वक हानिन् , जसले उनी भित्रको राजनीतिक प्राणीलाई सके फाइदा नै होस्, नभए नि केही घाटा नपरोस् । या, उनको मनलाई नै राजनीतिक विवेकले बन्धक बनायो । यौटा सचेत पाठक, यसरी पनि सोच्न सक्छ, ुफर्गेट एस्टर्डेु मा भन्दै डा अधिकारीले कविलाइ हौसला प्रदान गरे ।
काव्य सन्ध्याको ३५० औँ शृङ्खलामा कविहरू लक्ष्मण थापा, सरस्वती श्रेष्ठ सरु, दीपक समीप, अमृत, शरण आँशुले आआफ्ना सिर्जनाहरु वाचन गरेका थिए । परिवारका उपाध्यक्ष उपेन्द्र पौडेलले स्वागत मन्तव्य गरेका थिए । परिवारका अध्यक्ष मोति भुजेलको अध्यक्षता सम्पन्न उक्तकार्यक्रमको सन्चालन साहित्य संयोजक रीता अधिकारीले गरेकी थिइन् ।









फूलबारीको प्रगति टोल विकास संस्थामा गुप्ती गुरुङ
प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीबाट एमालेमा युवा आकांक्षी कम
आचारसंहिता कडा, बालबालिका प्रयोग गर्न र टोपी–टिसर्ट बाँड्न रोक
गोरखाका ७०६ विद्यार्थीलाई न्यानो कपडा : चिसोमा स्कुल जान सहज
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया