तीज महोत्सवमा लामाचौरमा राष्ट्रिय भलिबल

पोखरा l
लामाचौरमा हुने तीज महोत्सवमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । आयोजक नव आदर्श सामुदायिक विकास समाज लामाचौरले आइतबार पत्रकार सम्मेलन गर्दै हरितालिका तीजको अवसरमा आयोजना गरिएको २४ औं संस्करणको लामाचौर तीज महोत्सवमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने जनाएको छ ।
लामाचौर कप महिला राष्ट्रिय भलिबल प्रतियोगितातर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, न्यू डायमन्ड, युथ स्पोर्टर्स क्लब र गण्डकी प्रदेशका टिमको सहभागिता रहनेछ । पुरुष भलिबलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
भलिबल महिला र पूरुष दुवैतर्फ विजेतालाई १ लाख ५० हजार १ सय ११ प्रदान गरिनेछ । उपविजेतालाई १ लाख १ सय ११ र तेस्रो हुनेलाई ५० हजार १ सय ११ प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
लामाचौर तीज महोत्सवमा खुल्ला तीज गीत प्रतियोगिता, अन्तरविद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता पनि आयोजना गरिएको सूचना तथा सञ्चार उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिए । तीजगीततर्फ प्रथमलाई ५० हजार १ सय ११ प्रदान गरिनेछ । द्वितियलाई ३० हजार १ सय ११, तृतीयलाई २० हजार १ सय ११ र सान्त्वनालाई १० हजार १ सय ११ प्रदान गरिने आयोजकले जनाएको छ ।
अन्तरमावि लोक नृत्यतर्फ प्रथमलाई ४० हजार १ सय ११, द्वितियलाई २५ हजार १ सय ११, तृतीयलाई १५ हजार १ सय ११ र सान्त्वना ३ टिम र उत्कृष्ट भेषभूषालाई ५ हजार १११ प्रदान गरिनेछ । महोत्सवका औपचारिक उद्घाटन भदौ १२ गते हुनेभएता पनि ११ गतेबाट भलिबलका खेलहरु सुरु हुने आयोजकले जनाएको छ । फाइनल खेल भने १४ गते हुनेछ ।
महोत्समा शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने स्रष्टालाई आयोजकले विगतमा झैं सम्मान गर्ने संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीले बताइन् । २०५४ मा स्थापित संस्थाको रजत वर्ष पनि भएकोले कोरोनापछि महोत्सव भव्य बनाउन संस्थाका अध्यक्षताको संयोजकत्वमा २६ उपसमिति गठन गरिएको सचिव थीरबहादुर थापाले बताए ।
महोत्सवमा ५४ लाख ५ हजार खर्च हुने आयोजकको अनुमान छ । सामाजिक काम क्रियाशील नवआदर्शले महोत्सव सञ्चालन गर्न स्थापना गरेको कोषमा २६ लाख संकलन भइसकेको आयोजकले जनाएको छ । यसपालि कोषमा डेढ लाख थप गर्ने लक्ष्य छ । महोत्सवको मुख्य सहयोगी बानियाँ किराना स्टोर्स लामाचौर छ । देशविदेशमा गरी विभिन्न प्रायोजकले हालसम्म ४८ लाख रुपैयाँ सहयोगको बोलकबोल गरिसकेको आर्थिक संयोजक दिलबहादुर थापाले बताए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया