अर्घाखाँची समाजको रमाइलो तीज

पोखरा ।
अर्घाखाँची स्थायी घर भई गण्डकी प्रदेशको राजधानी पोखरालाई कर्मथलोको रुपमा विभिन्न पेसा व्यवसाय र अध्यानको सिलसिलामा बसोबास गर्ने अर्घाखाँचीवासीहरुको समाज अर्घाखाँची पोखरा सम्पर्क समाज पोखराले नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा दर खाने तथा रमाइलो तीज कार्यक्रम गरेको छ ।
पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङको प्रमुख आतिथ्यतामा मालेपाटनस्थित मनकामना मन्दिर परिसरको सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । प्रमुख अतिथि उपप्रमुख मञ्जुदेवी गुरुङले विधि र निधि भित्र रहेर अगाडि बढेमा अर्घाखाँची समाज पोखराको भवन निर्माणमा जस्तोसुकै सहयोग चाहिएमा आफू तयार भएको बताइन् ।
समाजका निवर्तमान अध्यक्ष लीला जिसीले अर्घाखाँची पोखरा सम्पर्क समाज विगत लामो समयदेखि पोखरामा स्थापित भइ विभिन्न सामाजिक कार्य गर्दै आएको तर समाजको एउटा भवन नहुँदा विभिन्न आफ्नै कार्यक्रम गर्दा समेत असजिलो भएको सुनाए ।
समाजका पूर्वअध्यक्ष कृष्णप्रसाद पाण्डेले समाजको बारेमा प्रकाश पारे । समाजका अध्यक्ष चेतनारायण पाण्डेले उपप्रमुखलाई स्वागत गर्न पाउँदा अत्यन्तै खुसी लागेको सुनाए । कार्यक्रम संयोजक गोमा आचार्यले शिक्षित महिलाको संख्यामा वृद्धि भएसँगै सासूले बुहारीप्रति गर्ने व्यवहार पनि फरक हुँदै गएको बताइन् । समाजका महासचिव बाबुलाल पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए ।









चुनावले एसइई प्रभावित : प्रश्नपत्र छाप्न ढिलाइ हुँदा परीक्षा सर्ने निश्चित
राष्ट्रियसभा निर्वाचन : १८ सिटका लागि आज उम्मेदवारी दर्ता
पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया