मुक्ति समाज गण्डकीमा निर्मल दियाली

समाधान संवाददाता २०७९ भदौ ६ गते ११:३२

पोखरा ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकी प्रदेश संगठन कमिटीले प्रथम गण्डकी सम्मेलन शनिबार भएको छ । सम्मेलनले अध्यक्ष निर्मल दियालीको नेतृत्वमा सर्वसम्मत रुपमा ८५ सदस्यीय कार्यसमिति चुनेको छ । पोखरा महानगरका कार्यपालिका सदस्य सुनार करिब डेड दशकदेखि मुक्ति समाजका विभिन्न जिम्मेवारीमा छन् । उनी पोखरा २८ का निवर्तमान वडाध्यक्षसमेत हुन् ।

Advertisement

उपाध्यक्षमा होमबहादुर विश्वकर्मा र डिना गोतामे, सचिव वमबहादुर विश्वकर्मा, उपसचिव बाबुराम विश्वकर्मा र रुपा विश्वकर्मा र कोषाध्यक्ष कमला सुनार, उपसचिवमा बाबुराम सुनार र रुपा विक चुनिएका छन् । कार्यक्रममा एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले सबै जाति, लिंग, क्षेत्रलाई समेटेर देशको समृद्धि एमालेको नेतृत्वमा मात्र सम्भव भएको बताइन् । उनले जनवर्गीय संगठनहरु पार्टीका पूर्वाधार भएको बताउँदै पूर्वाधार बलिया बनाइराख्न कार्यकर्तालाई निर्देशन दिइन् ।

‘जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौं, समानुपातिक समावेशीपूर्ण प्रतिनिधित्वको संवैधानिक अग्राधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ भएको सम्मेलनमा नेकपा एमाले पोलिटब्युरो सदस्य जगतबहादुर विश्वकर्मा, पूर्वमन्त्री जितु गौतम, पार्टीका केन्द्रीय सदस्यहरु कृष्ण थापा र सीता सुन्दास, मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विश्वकर्मा पौडेल, समाजका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश संयोजक धनबहादुर नेपाली, सहसंयोजक प्रेम विश्वकर्मा र बाबुराम विश्वकर्मा, अनेरास्ववियु गण्डकी अध्यक्ष प्रकाश पौडेल लगायतले बोलेका थिए ।

नवनिर्वाचित अध्यक्ष सुनारले पार्टीको मार्गदर्शनमा रहेर समतामूलक समाज निर्माणका लागि नयाँ कमिटी लाग्ने प्रतिवद्धता गरे । उनले भने, ‘संगठन सँगसँगै पार्टीलाई जनस्तरसम्म लैजान भूमिका खेल्छौं । प्रदेशका सबै जिल्लामा मजबुत संगठन बनाउँदै सबै प्रकारका विभेद अन्त्य गरी समातामूलक समाज निर्माणमा लाग्छौं ।’

निर्वाचित पदाधिकारी तथा सदस्यलाई मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विक पौडेलले पद तथा गोपनीयताको सपथ गराए । कार्यक्रम मुक्ति समाजका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश सम्मेलन कमिटी संयोजक धनबहादुर नेपालीको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया