स्याङ्जाली दिदीबहिनीको तीज
पोखरा l
तीजको अवसरमा स्याङ्जाली दिदीबहिनी एकता समाज कास्कीले पोखरामा शनिबार शुभकामना आदनप्रदान गरेको छ ।
महिलाबीच आपसी सद्भाव विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा १ सय बढी महिलाको सहभागिता रहेको सहसचिव गीता पगेनीले बताइन् । कार्यक्रममा पूर्वमन्त्री पद्मा अर्यालले अहिलेका महिला घर चलाउने गृहिणीमात्र नभएको बताइन् । महिलाले समाज, पार्टी र देश चलाउनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल प्रेस युनियन कास्की निवर्तमान अध्यक्ष नवीन सिग्देल, भीरकोट सामिप्य सदनका अध्यक्ष श्याम रेग्मी, पर्यटन व्यवसायी महिला संघ नेपाल अध्यक्ष रेणु थापा, मुक्तिनाथ विकास बैंक लिमिटेड लघु बैकिङ प्रमुख शर्मिला लम्साल र भीरकोट पोखरा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष टोलप्रसाद अर्याल, संस्थाका उपाध्यक्ष कमला सुनार र सचिव सपना गिरीले बोलेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष संगीता पाण्डेको अध्यक्षतामा भएको थियो ।








पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया