लिम्बु मातृभाषा तथा लिपि प्रशिक्षण कार्यक्रम

पोखरा ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा लिम्बु मातृभाषा, लिपि र मुन्धुम प्रशिक्षण कार्यक्रम सुरु भएको छ । किरात याक्थुङ चुम्लुङ पोखराको सहकार्यमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीले एक कार्यक्रमकाबिच गरें । उनले आफ्नो मातृभाषाको महत्व ठुलो हुने भएकोले सबै मिलेर मातृभाषालाई जोगाउनुपर्ने बताए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानले अभियानकै रुपमा मातृभाषालाई संरक्षण गर्न गण्डकी प्रदेशका विभिन्न ठाउँमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको उनको भनाई थियोे । यस्ता कार्यक्रमले मातृभाषा संरक्षणमा सकारात्मक सहयोग पुग्ने उनको विश्वास छ ।
किरात याक्थुङ चुम्लुङ पोखराका धन बहादुर थेवेको अध्यक्षतामा आयोजित कार्यक्रममा दिनेश लिम्बु, सञ्जय लिम्बु लगायतले बोलेका थिए ।
कुल ३२ जना प्रशिक्षार्थीको सहभागीता रहेको प्रशिक्षण कार्यक्रमकोे सहजिकरण सञ्जय लिम्बु र दीनेश लिम्बुले गर्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जनाए । प्रशिक्षण कार्यक्रम एक महिना सम्म चल्नेछ । गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा स्थापित जाती विस्तापित भाषा नाम दिएर प्रशिक्षण कार्यक्रम आयोजना निरन्तर भईरहेको छ । जस अनुसार तामाङ, दुरा, नेवारी, गुरुङ भाषाको प्रशिक्षण अघिल्लो आर्थिक वर्षमा सम्पन्न भइसकेको छ ।
चालु आर्थिक वर्षमा समेत मातृभाषा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने योजना अनुसार लिम्बु मातृभाषा तथा लिपि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको सदस्य सचिव मनकुमार श्रेष्ठले बताए ।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया