११ औं पटक अध्यक्ष बने हिक्मत

पोखरा ।
पोखरा ६ बैदाममा अवस्थित ताल बाराही मन्दिरको गुठी व्यवस्थापन समितिको अध्यक्षमा हिकमतबहादुर कुवँर निर्वाचित भएका छन । सोमबार भएको मन्दिरको २६ औं साधारण सभा तथा १३ अधिबेशनले कुवँरलाई ११ औं पटकका लागि सर्वसम्मत अध्यक्ष चुनेको हो ।
समितिको महिला उपाध्यक्षमा जुना अधिकारी, पुरुष उपाध्यक्ष प्रशुराम शर्मा पहारी, सचिव धुव्र बराल, कोषाअध्यक्ष निर्मल खत्री र सहसचिव पुरुष महेश्वर पहारी र महिलामा मिना ढकाल चयन भएको निर्वाचन मण्डलका अध्यक्ष जगतबहादुर पहारीले जानकारी दिए ।
सदस्यमा क्षितिज पहारी, अनिल पहारी, ओमनाथ पहारी, कलावती सापकोटा, पार्वती बोगटी, लक्ष्मी खाती र धनविक्रम ढकाल छन् । जगतबहादुर पहारी, चूडामणि पहारी, हरिकृष्ण पहारी, प्राध्यापक चन्द्रनाथ अधिकारी र निर्मल पहारी सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचित पदाधिकारीलाई सपथ गराएको छ ।
राष्ट्रिय गुठी व्यवस्थापन समितिको विधान अनुसार पोखरा महानगरपालिका वडा समितिको कार्यालय वडा नंं–६ र मालपोत कार्यालय कास्की पदेन सदस्य रहने गरी समाबेशी व्यवस्थापन समिति बनाइएको उपाध्यक्ष पर्शुराम शर्मा पहारीले बताए ।
कार्यक्रममा पोखरा ६ का कार्यवाहक अध्यक्ष वासु बरालले मन्दिर देवस्थल राष्ट्रका अमूल्य सम्पत्ति भएको बताउँदै यी सम्पत्तिको रेखदेख र मर्मत सम्भारमा राष्ट्रले उचित व्यवस्था गर्नुपर्ने बताए ।
अध्यक्ष कुवँरले गुठी व्यवस्थापन समिति, वडा कार्यालय, मालपोत कार्यालय कास्की, डुंगा व्यवसायी समिति, पुजारीसहित सारोकारवालाको भेला ग।प् गुठी संस्थान र पुरातत्व विभागको इन्जिनियरको संयुक्त सुपरिवेक्षणले मन्दिर ३ इन्च उत्तर ढल्केको देखिएको बताए । चाडै मन्दिर पुरातत्व बिभागले पुनर्निर्माण गर्ने उनले सुनाए ।
कार्यक्रममा उपाध्यक्ष पर्शुराम शर्मा पहारी, सचिव धुर्व बराल, सल्लाहकार चूडामणि पहारी र बुद्धिबहादुर नेपाली, पुजारी निर्मल पहारीले लगायतले बोलेका थिए । सभाले सचिव धुव्र बरालको प्रगति प्रतिवेदन र कोषाअध्यक्ष प्रेमराज पहारीको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया